बानेश्वर स्थित लोत्से हलमा नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वर स्थित लोत्से हलमा सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने कार्यसूची छ ।

यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो ।

यसअघिको बैठकमा अधिकांश वक्ताहरूले सङ्घीय संसद्को अबको निर्वाचन स्थानीय तहको भन्दा पहिला गर्न माग गरेका थिए ।