मदरसा इस्लामियामा आज सम्मान कार्यक्रम सम्पन्न भयो।

मनाेज शाह जितपुर बारा माघ १२ गते:

आज एक कार्यक्रम का बीच विद्यार्थी भाइहरूलाई सम्मानित गरिएको छ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरस्थित मदरसा इस्लामिया नसिमनगर मा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरिएको हो। विद्यार्थीहरूले हिफाजे कुरान सम्पन्न गरेकोमा विद्यार्थीहरूको सफलताको शुभकामना तथा उत्तरोत्तर प्रगतिको लागि र विद्यार्थी हरूलाई अझ इस्लाम धर्मप्रति र कुरान सम्बन्धित ज्ञानमा बढीभन्दा बढी ज्ञान र शिक्षा हासिल गर्न प्रेरित होउन् भन्ने अभिप्रायले सम्मान गरिएको मदरसा इस्लामिया का अध्यक्ष जनाव अयुब खान मनसुर ले बताउनुभयो।