जसपा नेपालमा विभिन्न पार्टी नेता कर्याकर्ता प्रवेश
मनाेज शाह जितपुर बारा पुस २८ गते:
जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दिपेन्द्र मधेशीसहित जनमत पार्टीका दर्जनौ युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन।
आइतबार जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवज्यूको विशेष उपस्थितिमा जनमत पार्टी पार्टीका नेताहरु प्रवेश गरेका हुन ।
जनमत पार्टीका युवाहरू सुभाष मिश्रा, लव ठाकुर, बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, राम जनय यादव, प्रशान्त यादव, नरेश यादव लगायत जनमतका नेताहरु जसपा नेपालमा प्रवेश गरी पार्टी सदस्यता लिएका छ्न।
जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले नव प्रवेशीहरुलाई माला, अबिर, गम्छा लगाएर पार्टीमा स्वागत गर्नु भएको छ।


