भारतमा लाग्ने कुम्भमेलाका लागि कस्ताे छ तयारी?

धनगढी । यही जनावरी २४ तारिक देखि भारतमा लाग्ने प्रयागराज कुम्भ मेलामा नेपालबाट जाने दर्शनार्थिको सुरक्षाबारे भारतीय सुरक्षा अधिकारी गम्भीर देखिएका छन् ।

नेपालभाट अधिक्तम दर्शनार्थि प्रयागराज कुम्भमेलाकाे दर्शनका लागि जानेहुदा ती नेपालीकाे सुरक्षा आफ्नाे दायित्व हुने भारतीय सुरक्षा अधिकारी बताउछन् ।

कुम्भ दर्शन गर्न जाने नेपालीकाे सुरक्षा, सीमा क्षेत्रमा आउने कठिनाई कम गर्ने विषयमा नेपाल र भारतका सुरक्षा अधिकारिविच छलफल पनि भईरहेकाे लखिमपुर खिरी जिल्लाका एसपि गणेश प्रसाद साहा बताउछन् ।

भक्तजनकमे यात्रालाई प्रभावकारी बनाउदै सहज तरिकाले स्नान गर्ने विषयमा भारतीय सुरक्षा कर्मीले अधिक्तम प्रयास गरिरहेकमे उनी बताउछन् ।

एसपि साहा यश पटककाे कुम्भमेलामा निर्धक्क भएर दर्शन गर्ने व्यवस्था गर्ने भरपुर व्यवस्था गरिएकाे बताउछन् ।

उनका अनुसार कुम्भमेलामा नेपाल भारतका अत्याधिक दर्शनार्थि सुहभागि हुने हुँदा भीडमा मानिस हराउने समस्यालाई मध्यनजरगरी ठाउँठाउँमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

सीमा क्षेत्रमा गलत मनसाय भयका व्यक्तिकाे घुसपैठलाई राेक्दै तिर्थ यात्रीकाे यात्रा सहज बनाउने विषयमा नेपाल भारतका सुरक्षा कर्मीविच सहकार्य भईरहेकाे उनकाे भनाई छ ।

विगतमा यातायात व्यवसायीबाट पनि बदमासी भएको गुनासो आउने गरेकोमा यस पटक त्यो समस्या नहुने उनि बताउछन् । सशस्त्र प्रहरीबल ३४ नम्बर बाहिनीका प्रमुख एसपि दलबहादुर पाण्डेले प्रयागराज कुम्भमेलाका लागि गौरिफण्टा नाकाको बाटो सवैभन्दा बढी प्रयोग हुने अनुमान गरिएको बताए । एस पटकको कुम्भ मेलामा तिर्थ यात्रुको सहजताका लागि भारतीय सुरक्षाकर्मी गम्भि देखिएको उनि बताउछन् ।