हसिनालाइ फिर्ता पठाउन भारतलाई आग्रह

ढाका : बंगलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताए।

‘हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौं’, तौहिद हुसेनले भने। अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौंको विरोधपछि अपदस्थ गरेको थियो। विरोध र झडपका क्रममा ६ सयको मृत्यु भयो। सभार अन्पुर्ण दैनिक । भारत भागेपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।