आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ यु–२० फुटबल च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।

ललितपुरको साातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुने खेल जित्दै नेपाल समुह विजेता बन्ने लक्ष्यमा रहेको छ । यो समुहबाट नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

दुवै टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका हुन् । आजको खेल विजेताले सेमिफाइननलमा अर्को समुहको उपविजेतासँग खेल्नेछ ।

अर्को समुहका सबै तीन टोलीहरु भारत, माल्दिभ्स र भुटान सेमिफाइनल पुग्ने होडमा जिवित छन् । हिजोको खेलमा भुटानले माल्दिभ्सलाई २–१ ले हराएसँगै सेमिफाइनल समिकरण रोचक बनेको छ । समुहको अन्तिम खेलमा भोलि भारत र माल्दिभ्स भिड्नेछन् ।