राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठकमा सात एजेन्डा

सरकारबाट बाहिरिएपछि नीति र संगठनको काममा केन्द्रित हुन बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समिति बैठक सुरु भएको छ । रास्वपाकाे केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा सातवटा एजेन्डामाथि केन्द्रित रहेर छलफल हुने कार्यवाहक प्रवक्ता मनीष झाले बताए ।

उनका अनुसार बैठकमा राष्ट्रिय भेला, कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापतिसमेतको उपस्थितिमा कार्यक्रम, संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन छलफलका एजेन्डा छन् । त्यस्तै, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल, स्थानीय तहको उपनिर्वाचन, संविधान दिवसको कार्यक्रम र विविध विषय छलफलको एजेन्डा रहेको झाले बताए ।

१० साउनमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो । असोज पहिलो साता भेला आयोजना गर्ने रास्वपाको तयारी छ । सभार नयाँ पत्रिका ।रास्वपाले आगामी वैशाखमा महाधिवेशन गर्ने पनि तय गरेको छ ।