मालवाहक ट्रक चालकको मृत्यु

सप्तरी । मालवाहक ट्रक चालकको मृत्यु भएको छ मालवाहक ट्रक चालकको मृत्यु उद्योग उपकरण र सरसामान लिएर पश्चिमबाट पूर्वतर्फ जादै गरेको मालवाहक ट्रक पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुर खण्डमा रेलिङ भाचेर पुलमुनी खस्दा एक जनाको मृत्यु भएको छ ।

बिहान ६ः३० बजे पुलको रेलिङ भाच्दै मधेश प्रदेश०३–००१ख८१८१ नम्बरको मालवाहक ट्रक २० फिट तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका १ का २५ वर्षिय सबिन राईको थिचिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता ढुण्डिराज नेउपानेले जानकारी दिए ।

क्रेन र जेसिबिको मद्दतले पल्टिएको ट्रकलाई सोझो पारी थिचिएका चालकको शव निकालिएको उनले बताए । ट्रक के कारणले दुर्घटना भयो, यकिन नभएपनि बिहानको समयमा चालक निदाएको हुन सक्ने र अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ ।

मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाई दुर्घटना ’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।