मेयर यादवको घरको लाईन काट्न पुगेका विद्युतको कर्मचारी नगरप्रहरी बाट थुनिए
मनाेज शाह जितपुर बारा पुस २९ गते ।बारा : बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको निर्देशनमा नेपाल विद्युत बितरण केन्द्र कलैयाका कर्मचारी थुनिएका छन।सोमबार नगरप्रमुख उपेन्द्र यादवको बरियारपुर स्थित घरको लाईन काट्न पुगेका विद्युतको कर्मचारीलाई महागढीमाई नगरपालिकाका नगर प्रहरीहरुले थुनेको समाचार बाहिरिएको छ।विद्युतको बक्यौता रकम नतिरेका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको घरको लाईन काट्न पुगेका कर्मचारीनै थुनिएका छन।
नगरप्रमुख उपेन्द्र प्रसाद यादवको निर्देशनमा नगरप्रहरीहरुले विद्युतको कर्मचारीलाई थुनेको बुझिएको छ।यसरी जनताको मत पाएर कानुन निर्माणको लागि पठाईएको जनप्रतिनिधिहरु नै कानुनको धज्जी उडाउन थाले पछि कानुन कसले कार्यनयनमा ल्याउने भनेर प्रश्न उठिरहेको छ।समान्य जनताले विद्युतको महसुल नतिरे पछि विद्युतको कर्मचारीहरुले घरमै पुगेर लाईन काट्ने गरेको छ ।यता महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले कर्मचारीलाई थुनिएको कुरा झुठ रहेको बताएको छ।उनले बिना सुचनाको बरियारपुरका करिब २५ जनाको घरको लाईन काटे पछि आफुले विद्युतको कर्मचारीलाई छलफलको लागि नगरपालिकामा बोलाएको बताए ।
यता महागढीमाई नगरपालिकाका नगरप्रमुख भएका ब्यक्तिले नै सरकारी कर्मचारीलाई थुन्न लाएको कुराले पदमा भएका ब्यक्तिले जे पनि गर्न सक्छ भन्ने भनाईलाई जिवितै राखेको छ।
यता जिल्ला प्रहरी कार्यालय बाराले कर्मचारीलाई थुनेर राखेको खबर आएको तर घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।