७१ लाख ७४ हजार बराबरको समान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको
मनाेज शाह जितपुर बारा पुस २९ गते:
ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिल बिजकभन्दा बढी सामानको स्रोत नखुलेको सामानहरु नियन्त्रणमा लेको छ । बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा वीरगंजबाट रूपन्देहीतर्फ जादै गरेको प्र २-०३-००१ ख २८८८ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढी समान भेटिएको हो । सामनको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. ७१ लाख ७४ हजार ५ सय ९१ रूपैया बराबरको ट्रकमा लोड गरेको Ppwovenbag, Medicine, Kitchen Oven (भाडा कुडा) र Vaccines लगायत अन्य खुद्रा सामानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको डि.एस.पी. प्रकाश सापकोटाले बताए ।
७१ लाख ७४ हजार बराबरको समान अनुसन्धान कार्यालय पथलैया बारामा


