जीतपुरसिमरा गोल्डकपको आयोजक नवजनजागृती यूवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको हो ।
नवगठीत कार्यसमितीको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय उपाध्यक्षमा राजदास श्रेष्ठ, महासचिवमा शम्भुसिंह ठकुरी, सचिवमा श्याम सुवेदी, कोषाध्यक्षमा शालीकराम अधिकारी, सदस्यहरुमा सुधिरजङ्ग राणा, शरदचन्द्र भट्टराई, नवराज न्यौपाने, इश्वर थपलीया, सन्तोष दाहाल, निराजन थापा, मनोज राई, विक्रम श्रेष्ठ, दिपक भट्टराई, रिता कँडेल र शेखर लामा चयन भएका छन् ।
त्यसअघि सम्पन्न क्लबको १७ औं बार्षिक साधारण सभाले क्लबको संस्थागत तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साधारण सभााले विधान संसोधन लगायतका आवश्यक विषय सुझाव सहित पारित गरेको महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमूख आतिथ्यतामा सम्पन्न क्लबको बार्षिक साधारण सभामा नेपाल तेक्वान्दो महासंघका मधेश प्रदेश महासचिब राजकुमार लामा, नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष शरदचन्द्र भट्टराई, क्लबका संरक्षक मुकुन्दबहादुर क्षेत्री, माओबादी नेता बेनीप्रसाद तिमल्सेना, नेपाली काँग्रेस जीतपुरसिमराका संस्थापक सभापति श्यामबाबु गुप्ता, इलाका प्रशासन कार्यालय सिमराका प्रमूख तेजराज शर्मा लगायतले सम्बोधन गरेका थिए ।