जितपुरसिमरा थारु माघी महोत्सवको सम्पुर्ण तयारी पुरा

मनाेज शाह जितपुर बारा पुुस २७ गते:

जितपुरसुमरा उपमहानगरपालिका वडा नम्बर ४ औरहामा हुने थारु माघी संस्कृतीक महोत्सव २०८१ को सम्पुर्ण तयारी भैइसकेको छ ।

थारु कल्याण कारीणी सभा बारा, जितपुरसिमरा नगर कार्यसमिति र वडा कार्यसमिति औरहाको सामुहिक आयोजनामा गरिने कार्यक्रमको सम्पुर्ण तयारी भैइसकेको पत्रकार सम्मेलन गरि जनाएको हो ।

उक्त पत्रकार सम्मेलन थाकस बाराका अध्यक्ष राम प्रसाद चौधरीको सभापतित्वमा तथा प्रमुख आतिथ्यमा थाकस पुर्व केन्द्रिय सदस्य, थारु भाषाको आंसु कवि हृदय नारायण चौधारी रहनु भएको थियो ।

त्यस्तै अतिथिहरुमा थाकस केन्द्रिय सदस्य श्रीदेवी चौधरी, थाकस बाराको उपसभापति लक्ष्मी कान्त प्यारेलाल चौधरी, सचिव यादव कृष्ण चौधरी, कोषाध्यक्ष बासु प्रसाद चौधरी, थाकस जितपुरसिमरा नगर कार्यसमितिका सभापति राजेन्द्र प्रसाद चौधरी, उपाध्यक्ष बिनोद चौधरी, सह-सचिव जयकिशोर चौधरी, कोषाध्यक्ष राजा राम चौधरी सदस्यहरू सन्जु चौधरी, हरेराम चौधरी, कृष्णबाबू चौधरी, सन्जय चौधरी, रामाकान्त चौधरी सुदिप चौधरी लगायतको उपस्थिति रहेको थियो ।

पौष २९ गते उद्घाटन गरि माघ २ गते समापन गरिने कार्यक्रममा लगभग १६ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको आर्थिक संयोजक सुनिल चौधरी बताए । सो कार्यक्रमको लागि जिल्लामा रहेका स्थानिय तह, संघ संस्था तथा विभिन्न ब्याक्तिहरु आर्थिक सहयोग लिईने वहाले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन लागि पर्यटन संस्कृती राज्य मन्त्री अरुण कुमार चौधरीद्वारा गराईने थाकस बाराका सचिव यादव कृष्ण चौधरीले बताउनु भयो । वहाका अनुसार जिल्ला कार्य समितिले यो कार्यक्रम सहित १० औ पटक महोत्सवको आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटनको दिन २९ गते स्थानीय कलाकारहरुको प्रस्तुति रहेक्ल छ भने १ गते राष्ट्रिय थारु कलाकार वीर चौधरी, सरगम चौधरी, राजिव चौधरी, बिरु चौधरी, मुस्कान चौधरी, स्वेक्षा चौधरी, प्रीयन्का चौधरी, शशी चौधरी, सगुन चौधरी, महिमा चौधरी र राज चौधरी लगायको गायन तथा नृत्य रहने छ ।

त्यस्तै माघ २ गते कार्यक्रम समापन हुने दिनमा राष्ट्रिय थारु कलाकार हिरा चौधरी, गणेश चौधरी, समिक्षा चौधरी तथा स्थानिय कलाकारहरु नृत्य प्रदर्सनको प्रतिस्पर्धा सहित सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।