स्पर्श खबर

द्रुतमार्ग निर्माण समयमै सक्न सेनालाई निर्देशन

काठमाडौँ, पुस ५- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडालले द्रुतमार्गको काठमाडौँतिरबाट शून्य बिन्दु ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको…

Read More

यस्तो छ तपाईको आजको राशिफल, २०८० साल पुस ५ गते बिहिबार

पुस ५- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । भगवानको आशीर्वादले भने काम बन्नसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक…

Read More

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना, ५ जनाको मृत्यु

सुर्खेत, पुस ५- रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति १० बजेतिर भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो। सोही वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया…

Read More

बारामा एकै दिन सवारी दुर्घट्नामा परि ५ जनाको ज्यान गयो

बारा, पुष ४ गते । बारामा एकै दिन फरक फरक दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अम्लेखगञ्जमा बस र ट्रक एक आपसमा ठोकिदा ३ जना र जिल्लाको निजगढ नगरपकालिका वडा नम्बर ९ मा दुई मोटरसाईकल एक आपसमा ठोकिदा २ जना गरि कुल ५ जनाको मृत्यु भएको हो…

Read More

भरतपुरको वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास

चितवन, पुस ४- भरतपुरको वागिश्वरीमा गुरुकुल भवनको शिलान्यास गरिएको छ । वागिश्वरी आध्यात्मिक परिषद् योगीनरहरिनाथ आश्रमद्वारा सञ्चालित समावेशी गुरुकुलम् भवनको बाग्मती प्रदेश सांसद बिनु रायमाझी पौडेलले शिलान्यास गरेकी हुन् । गुरुकुलको संयोजकसमेत रहेकी प्रदेश सांसद पौडेलले भवन निर्माण भएसँगै गुरुकुललाई थप व्यवस्थित गर्न सकिने बताइन् । उनले समावेशी गुरुकुल देशकै नमुना बनाउन सकिने बताउँदै विश्वको…

Read More

बाराको निजगढमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खादा २ को मृत्यु

बारा, पुष ४ गते । बारा जिल्लाको निजगढमा मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित पूर्ब पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको हो । करिव ३ः३० बजेको समयमा निजगढ देखी उदयपुर तर्फ जादै गरेको प्र १-०५-००१प ५४९७ नं.को मोटरसाइकल र रौतहत देखि…

Read More

बाराको अमलेखगञ्जमा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु, २७ जना घाइते

बारा, पुष ४ गते । बारा ज्लिलाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक एक आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौंडाका ४० वर्षीय हरि शम्शेर र…

Read More

दूरसञ्चार प्राधिकरणले एनसेललाई पठायो लाइसेन्स खारेज गर्ने चेतावनीसहितको पत्र

काठमाडौं, पुस ३- एनसेलले सरकारलाई सेयर खरिद सम्झौतापत्र पठाउन आलटाल गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुईपटक पत्राचार गर्दा पनि एनसेलले आनाकानी गरिरहेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । एनसेलले दुईपटक नै सम्झौता पत्र नपठाई टालटुले जवाफ दिएपछि सोमबार प्राधिकरणले कारबाही गर्ने चेतावनीसहित तेस्रो पत्र पठाएको छ । उनले भने, ‘हामीले सोमबारसहित तीनपटक एनसेललाई खरिद सम्झौतापत्र (सेयर पर्चेज…

Read More

यस्तो छ तपाईको आजको राशिफल, २०८० साल पुस ३ गते मंगलवार

पुस ३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेमको समस्या हटेर जानेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन…

Read More

चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु

काठमाडौं,पुस ३- उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६।२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र…

Read More