बाराको अमलेखगञ्जमा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु, २७ जना घाइते

सेयर गर्नुहोस्

बारा, पुष ४ गते ।

बारा ज्लिलाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक एक आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौंडाका ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३(००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बुधबार बिहान एक आपसमा ठाकिएका थिए ।

घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । २८ जना मध्ये एकको अवस्था गम्भिर रहेको छ ।