बारा, पुष ४ गते ।
बारामा एकै दिन फरक फरक दुर्घटना परि ५ जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अम्लेखगञ्जमा बस र ट्रक एक आपसमा ठोकिदा ३ जना र जिल्लाको निजगढ नगरपकालिका वडा नम्बर ९ मा दुई मोटरसाईकल एक आपसमा ठोकिदा २ जना गरि कुल ५ जनाको मृत्यु भएको हो ।
बुधबार बिहान करिब २ बजेको समयमा झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अम्लेखगञ्जको तिन नम्बर पुल नजिकै एक आपसमा ठाकिएका थिए ।
दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौंडाका ४० वर्षीय हरि शम्शेर र बसमा सवार झापाको दमक नगरपालिका वडा नम्बर ४ कृष्णमन्दिर बस्ने अन्दाजि ३५ वर्षिय कालीराम धिमाल गरि तिन जनाको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा २७ जना घाइते पनि भएका छन् ।
यता जिल्लाको निजगढमा मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित पूर्ब पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको हो ।
करिव ३ः३० बजेको समयमा निजगढ देखी उदयपुर तर्फ जादै गरेको प्र १–०५–००१प ५४९७ नं.को मोटरसाइकल र रौतहत देखि निजगढ तर्फ आउदै गरेको बा ९७ प ९४४ नं. को मोटरसाइकल निजगढबाट सिंगौल जाने गेट अगाडि एक आपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घट्नामा मोटरसाइकल चालक उदयपुर जिल्लाको कटारी नगरपालिका २ का ३४ वर्षिय चन्द्रदिप लामा र अर्को मोटरसाइकल चालक रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ३ पौराई का ३१ वर्षिय बुद्ध बहादुर बलको उपचारको क्रममा मृत्यु भएको ।
दुर्घटनामा गम्भिर घाइते भएका दुवै मोटरसाइकलका चालकको सामुदायिक प्रसुति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकल सवार चन्द्रपुर नगरपालिका ३ पौराईका ३५ वर्षिय बाबुराम सुनारको टाउकोमा चोट लागि घाईते भएका छन् ।