बाराको निजगढमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खादा २ को मृत्यु

बारा, पुष ४ गते ।

बारा जिल्लाको निजगढमा मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित पूर्ब पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको हो ।

करिव ३ः३० बजेको समयमा निजगढ देखी उदयपुर तर्फ जादै गरेको प्र १-०५-००१प ५४९७ नं.को मोटरसाइकल र रौतहत देखि निजगढ तर्फ आउदै गरेको बा ९७ प ९४४ नं. को मोटरसाइकल निजगढबाट सिंगौल जाने गेट अगाडि एक आपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घट्नामा मोटरसाइकल चालक उदयपुर जिल्लाको कटारी नगरपालिका २ का ३४ वर्षिय चन्द्रदिप लामा र अर्को मोटरसाइकल चालक रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ३ पौराई का ३१ वर्षिय बुद्ध बहादुर बलको उपचारको क्रममा मृत्यु भएको ।

दुर्घटनामा गम्भिर घाइते भएका दुवै मोटरसाइकलका चालकको सामुदायिक प्रसुति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकल सवार चन्द्रपुर नगरपालिका ३ पौराईका ३५ वर्षिय बाबुराम सुनारको टाउकोमा चोट लागि घाईते भएका छन् ।