अपहरण गरेर दलित महिलालाई सामूहिक बलात्कार, एक भारतीयसहित चारजना पक्राउ

अपहरण गरेर दलित महिलालाई सामूहिक बलात्कार, एक भारतीयसहित चारजना पक्राउ

२o८१ पौष ११

मोरङको जहदा गाउँपालिका– ३ की दलित महिलालाई शौच गर्न निस्किएका वेला युवाहरूको एक सहमूहले अपहरण गरी सामूहिक बलात्कार गरेको छ । युवाहरूले उनको मुख थुनेर सिटी रिक्सामा राखी एक किलोमिटर पर कटहरी गाउँपालिका– २ स्थित बाँसको झ्याङमा पुर्‍याएर बलात्कार गरेका हुन् ।

हातखुट्टा बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा मंगलबार दिउँसो उनको उद्धार गरिएको थियो । अर्धचेत अवस्थामा उद्धारपछि उपचार गरिएकी महिलाले स्वास्थ्यमा केही सुधार आएपछि बलात्कारमा संलग्नहरूको हुलियाबारे जानकारी गराएसँगै प्रहरीले एक भारतीयसहित चारजनालाई पक्राउसमेत गरिसकेको छ ।

कटहरी– २ कदमटोलीकी वृद्धा शान्ति ऋषिदेवले मंगलबार दिउँसो १२ बजेतिर बाँसघारीमा हातखुट्टा बाँधिएको अवस्थामा महिलालाई देखेपछि घर पुगेर छोरा रसिलाललाई जानकारी गराएकी थिइन् । त्यसपछि रसिलाल स्थानीयहरूसमेत भेला गरेर घटनास्थल पुगेका थिए । सलले हातखुट्टा बाँधिएको र मुखमा समेत कपडा कोचेर मरणासन्न अवस्थामा लडिरहेको महिला देखेपछि गाउँलेले कटारी प्रहरी चौकीमा खबर गरेका थिए । तत्काल प्रहरी वरिष्ठ हवल्दार भीम खड्काको नेतृत्वमा आएको टोलीले उद्धार गरेर विराटनगरस्थित कोसी अस्पताल पुर्‍याएको थियो ।खेतको बाटो हुँदै घर फर्कँदा आमाले बाँसको झ्याङ हातखुट्टा बाँधिएको अवस्थामा लडिरहेकी महिला देखेपछि दौडँदै घर आएर भुत देखेको भन्नुभयो । हामी २०–३० जना केटाहरू मिलेर घटनास्थलमा पुग्दा ती महिलालाई अर्धचेत अवस्थामा देख्यौं । तत्काल प्रहरी बोलाएर उद्धार गरी अस्पताल पठयौं,’ रसिलालले भने । 

कोशी अस्पतालको लैंगिक हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) कक्षमा चेकजाँच, उपचार र मनोविमर्शपछि स्वास्थ्यमा सुधार हुँदै गएपछि प्रहरीले महिलासँग सोधपुछ गरेको थियो । आफूलाई युवाहरूको समूहले मुख थुनेर सिटी रिक्सामा राखी बाँसको झ्याङमा लगेर सामूहीक बलात्कार गरेको वयान दिएकी थिइन् । पीडितले दिएको हुलियाका आधारमा प्रहरीले मंगलबार राति नै तीन र बुधबार एक गरी चार युवालाई नियन्त्रणमा लिएको छ । कटहरी– २ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, भारतको अररिया कुर्साकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार र अर्का एक (नाम नखुलेको)लाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । दुईजना सिटी रिक्सा चालक र दुईजना कटहरीमै ग्यारेजमा काम गर्ने युवा रहेको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले घटना सामूहिक बलात्कारजस्तै देखिएको र पीडितको बयानका आधारमा चारजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए । बुधबार सार्वजनिक बिदा परेकाले अदालतबाट म्याद थप गर्न नपाइएको उनको भनाइ छ । ‘हामीले पीडितको बयानका आधारमा अनुसन्धान अगाडि बढाइसकेका छौं, तर बुधबार सार्वजनिक बिदा परेकाले अदालतमा म्याद थपका लागि लैजान पाएनौं,’ उनले भने । उपचार र चिकित्सकीय परीक्षण सकिएकापछि बुधबार प्रहरीले पीडितसँग वयान लिएर सेफ हाउसमा पठाएको छ ।खेतको बाटो हुँदै घर फर्कँदा आमाले बाँसको झ्याङ हातखुट्टा बाँधिएको अवस्थामा लडिरहेकी महिला देखेपछि दौडँदै घर आएर भुत देखेको भन्नुभयो । हामी २०–३० जना केटाहरू मिलेर घटनास्थलमा पुग्दा ती महिलालाई अर्धचेत अवस्थामा देख्यौं । तत्काल प्रहरी बोलाएर उद्धार गरी अस्पताल पठयौं,’ रसिलालले भने ।

कोशी अस्पतालको लैंगिक हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) कक्षमा चेकजाँच, उपचार र मनोविमर्शपछि स्वास्थ्यमा सुधार हुँदै गएपछि प्रहरीले महिलासँग सोधपुछ गरेको थियो । आफूलाई युवाहरूको समूहले मुख थुनेर सिटी रिक्सामा राखी बाँसको झ्याङमा लगेर सामूहीक बलात्कार गरेको वयान दिएकी थिइन् । पीडितले दिएको हुलियाका आधारमा प्रहरीले मंगलबार राति नै तीन र बुधबार एक गरी चार युवालाई नियन्त्रणमा लिएको छ । कटहरी– २ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, भारतको अररिया कुर्साकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार र अर्का एक (नाम नखुलेको)लाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । दुईजना सिटी रिक्सा चालक र दुईजना कटहरीमै ग्यारेजमा काम गर्ने युवा रहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले घटना सामूहिक बलात्कारजस्तै देखिएको र पीडितको बयानका आधारमा चारजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए । बुधबार सार्वजनिक बिदा परेकाले अदालतबाट म्याद थप गर्न नपाइएको उनको भनाइ छ । ‘हामीले पीडितको बयानका आधारमा अनुसन्धान अगाडि बढाइसकेका छौं, तर बुधबार सार्वजनिक बिदा परेकाले अदालतमा म्याद थपका लागि लैजान पाएनौं,’ उनले भने । उपचार र चिकित्सकीय परीक्षण सकिएकापछि बुधबार प्रहरीले पीडितसँग वयान लिएर सेफ हाउसमा पठाएको छ ।श्रीमानले छाडेपछि दुई सन्तानसहित माइतीमा बस्दै आएकी थिइन् पीडित
सामान्य बनिबुतो गरेर परिवारको गर्जो टार्ने ऋषिदेव समुदायकी पीडित महिलाको कलिलो उमेरमै बिहे भएको थियो । उनका तीन वर्षकी छोरी र दुई वर्षका छोरा छन् । जहदा– ४ मा विवाह गरेकी उनी श्रीमान्ले अर्कै केटी लिएर बेपत्ता भएपछि साढे दुई वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । 

सदाझैं मंगलबार बिहान पनि उनी घरनजिकै नहरमा शौच गर्न गएकी थिइन् । तर, धेरै बेरसम्म छोरी घर नफर्किएपछि आमाले छोरीको खोजी गरेकी थिइन् । दिउँसो साढे १२ बजेतिर कटहरी– २ स्थित बाँसको झ्याङमा बेहोस् अवस्थामा महिला भेटिएको हल्ला चलेपछि उनी घटनास्थल पुगेकी थिइन् ।सभार नयाँ पत्रिका । तर, उनी घटनास्थल पुग्दासम्म छोरीलाई प्रहरीले अस्पताल पुर्‍याइसकेको थियो ।