नेपालबाट भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्दार

बारा, असोज २५ गते । नेपालबाट भारत लैजान लागिएको पाँच जना बालिकाहरुको उद्धार गरिएको छ । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर १ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो । भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ वर्षिय कबि…

Read More

अदालतबाटै पिडित छन् सेवाग्राही, सर्वोच्चको फैसलालाई चलन चलाउने ठाँउमा दिइयो साधारण तारिख

बारा, असोज २५ गते । जिल्ला अदालत बाराको कर्मचारीहरुको मिलोमतोमा सर्वोच्चले फैसला गरिसकेको मुदाको विपक्षीलाई एक महिनाको साधारण तारिख दिइएको पाइएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सार्वजनिक सडक मिचेर घर बनाएको मुदामा सर्वोच्चले फैसाला सुनाए पनि जिल्लाले त्यसलाई चलन चलाउनु पर्ने ठाँउमा साधारण तारिख दिइएको पाइएको हो । निवेदकले यस विषयमा…

Read More

लिखत प्रमाणितको शुल्क २०० मात्र लिन जीतपुरसिमरालाई उच्च अदालतले दियो अन्तरिम आदेश

बारा, असोज २४ गते । लिखत प्रमाणितको शुल्क मात्र रु. २ सय लिन जीतपुरसिमरा उपमहानगरपालिकालाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ । यस अघि जीतपुरसिमरा उपमहानगरपालिकाको वडाहरुले लिखत प्रमाणितको शुल्क ५ सय लिदै आएको थियो । मुलुकी देवानी संहिता २०७४ को दफा ३६ को उपदफा (४) मा घरसारमा तयार भएको लिखतहरु…

Read More

करदातालाई कर सम्बन्धि शिक्षा दिनमा सकृय बन्दै आन्तरिक राजस्व कार्यालय सिमरा

बारा, असोज २३ गते । आन्तरिक राजस्व कार्यालय सिमराले करदाताहरुलाई कर सम्बन्धि शिक्षा दिने कार्यक्रमलाई सकृयताका साथ अघि बढाइरहेको छ । राजस्व कार्यालयले आफ्नो क्षेत्र भित्र पर्ने विभिन्न ठाँउहरुमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई सकृयताका साथ अघि बढाएको हो । विभिन्न स्थानिय संघ संस्था संग सहजिकरण गरेर आन्तरिक राजस्व कार्यालय सिमराले करदाता शिक्षा तथा अन्तरक्रिया…

Read More

स्थानियद्धारा जीतपुरसिमरा ६ को वडा कार्यालय घेराउ, भुमिहिन र अव्यवस्थितको सिफारीस नदिएको आरोप

बारा, असोज २२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का स्थानियहरुले वडा कार्यालय घेराउ गरेका छन् । वर्षौ देखी एलानी जग्गामा बसोबास गर्दै आएका भुमिहिन अव्यवस्थित स्थानियहरुले जीतपुरसिमरा ६ को वडा कार्यालय घेराउ गरेका हुन् । नेपाल सरकारले भुमिहिन र अव्यवस्थित स्थानियहरुको लागि ३५ दिने सुचना जारी गरे पनि वडा कार्यालयले कुनै सुचना…

Read More

जीतपुरसिमराका करदातालाई राजश्व सम्बन्धि शिक्षण

बारा, असोज २२ गते । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले उद्योगी तथा व्यापारीहरुलाई राजश्व सम्बन्धि शिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले आफ्नो मुख्य कार्यालय जीतपुरको आफ्नै सभाहलमा उद्योगी तथा व्यवसायीहरुलाई कर शिक्षा सम्वन्धी तालिम सम्पन्न गरेको हो । कार्यक्रममा व्यवसायी तथा उद्योगीहरुलाई कर तथा राजश्व सम्वन्धी जानकारी र आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्ने…

Read More

बारा–पर्साका कुनै स्थानिय तहले तिरेनन् विद्युत महशुल, विरगञ्ज महानगरको १७ करोड, कलैयाको ६ करोड र जीतपुरसिमराले १ करोड तिर्न बाकि

बारा, असोज २१ गते । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने स्थानीय सरकारलाई ४५ दिनको समय दिएको छ । प्राधिकरणले सूचना प्रकाशन गर्दै सडकका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने ३३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन समय दिएको हो । जस्मा ६ महानगरपालिकासहित देशभरका ३३२ स्थानीय तह रहेका छन्…

Read More

घटस्थापना देखी दशमी सम्म छातापिपराको गढिमाईमा मेला लाग्ने, ९ सदस्ययी मेला समिति गठन

बारा , असोज २० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा स्थित रहेको गढिमाई मन्दिरमा हरेक वर्ष लाग्ने गढिमाई मेला यस वर्ष पनि धुमधामका साथ लाग्ने भएको छ । हरेक वर्ष लाग्ने मेलालाई निरन्तर्ता दिदै यस वर्ष पनि धुमधामका साथ मेला लाग्ने आयोजक समितिले जनाएको हो । असोज २८ देखी सुरु हुने नेपालीहरुको…

Read More

हातेमालो सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

बारा, असोज २० गते । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको थानिमाई सामुदायिक वन (सिमरा पार्क) मा संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष यज्ञ बहादुर आलेको…

Read More

बारा प्रहरीद्वारा डेढ करोड बराबरको अबैध सामान सहित ट्रक नियन्त्रणमा

बारा, असोज १८ गते । बारा प्रहरीले एकै दिनमा दुइ ठाँउबाट करिब डेढ कोरड रूपैया बराबरको अबैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका नम्बर १ र २१ गरि दुइ ठाँउबाट बुधवार बिल विजक भन्दा बढि समान सहित ट्रक नियन्त्रणमा लिएको हो । बिरगंजबाट भैरहवातर्फ जादै गरेको ना ६ ख ३८२८ नम्बरको…

Read More