स्थानियद्धारा जीतपुरसिमरा ६ को वडा कार्यालय घेराउ, भुमिहिन र अव्यवस्थितको सिफारीस नदिएको आरोप

सेयर गर्नुहोस्

बारा, असोज २२ गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का स्थानियहरुले वडा कार्यालय घेराउ गरेका छन् । वर्षौ देखी एलानी जग्गामा बसोबास गर्दै आएका भुमिहिन अव्यवस्थित स्थानियहरुले जीतपुरसिमरा ६ को वडा कार्यालय घेराउ गरेका हुन् ।

नेपाल सरकारले भुमिहिन र अव्यवस्थित स्थानियहरुको लागि ३५ दिने सुचना जारी गरे पनि वडा कार्यालयले कुनै सुचना नदिएको र सिफारीस समेत नगरेको भन्दै भुमिहिन स्थानियहरुले वडा कार्यालयलाई घेराउ गरेका थिए ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले भुमिहिन अव्यवस्थितहरुको सिफारीस खुलिसकेको छ तर वडा वाट सिफारीस ल्याउनु पर्ने बताउनु भयो । तर वडामा भने यसको सिफारीस पाईरहेको छैन ।

यस विषयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारीले वडालाई बन्दाम गर्ने नियतले भुमिहिनहरु भन्दा पनि नमरी जग्गा भएकाहरुले वडा कार्यालय घेराउ गरेको बताउनु भयो । उँहाले भुमिहिन अव्यवस्थित स्थानिहरुलाई उचित व्यवस्थान गर्ने उँहाले बताउनु भयो ।

वडा अध्यक्षले भुमिहिन अव्यवस्थित स्थानियहरुलाई उचित व्यवस्थान गर्ने भनिरहदा हाल सम्म वडामा यसको समिति समेत बनेको छैन

स्थानिय तहका कर्मचारीहरु आन्दोलित भएको कारण भुमिहिनको सिफारीमा ढिलो हुन गएको बताउदै सुचनाको म्याद भित्रै भुमिहिन र अव्यवस्थितहरुको सिफारी गरिने वडा अध्यक्ष अंसारीले बताउनु भयो ।