चितवनको गौतमबुद्ध रंगशाला बनाइदिन भारतसँग नेपाल सरकारको आग्रह,भारत सकारात्मक

चितवन,भदौ २- नेपालले चितवनको गौतमबुद्ध र धनगढीको फाप्ला क्रिकेट रंगशाला बनाइदिन भारत सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दहाल भारत भ्रमणमा गएको समयमा यी दुई रंगशाला बनाउन सहयोग मागेकोमा भारतले प्रारम्भिक सहमती जनाएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्। गत जेठ १७ देखि २० गतेसम्म प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएका…

Read More

चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्कियो

चितवन, साउन ३१- चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । बुधबार टिकौली जंगलमा शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Read More

चितवनको माडीमा सुनको कण, खोजतलासको काम के हुँदै छ ?

चितवन, साउन २७- नेपालमा सुनखानी पत्ता लगाउन सरकारले कार्यालय नै खोलेर अन्वेषण थालेको करिब सय वर्ष हुन लाग्यो । १९८६ सालमा नहर तथा जियोलजी अड्डा स्थापना गरी खानीको अन्वेषण र विकासको सुरुवात संस्थागत रूपमा गरिएको थियो । खानी विभागबाट २०१८ सालमा प्रकाशित ‘खानी र मानिस’ पुस्तक अनुसार, सुनको खोजतलासका लागि चितवनस्थित रिउ उपत्यकाको मरोडी खोलामा…

Read More

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन,साउन २२- चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । चितवनको खैरहनी नगरपालिका वडा नं १२ सहनपुरमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङ मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिनुभयो । शव सहनपुरस्थित केरा घारीबाट निकालिएको र पोष्टमार्टमका लागि…

Read More

नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

चितवन, साउन १८– नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय महिलालाई अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो । चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितका अनुसार महिलाको बिहान ८ः३६ बजेको समयमा मृत्यु भएको हो । आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हामफालेकी…

Read More

चितवनको माडीमा घाँघर खोला तर्दै गरेको बस बाढीले डुबायो, यात्रु सकुशल

चितवन,साउन १०- चितवन माडीको घाँघर खोला तर्दै गरेको बस बाढीमा डुबेको छ । माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो । ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका बेला बस खोलामा फसेको थियो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै…

Read More

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन,असार १८- नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रक उठाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा राती १ः५० बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । पाँच घण्टापछि यातायात सूचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो…

Read More

नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

चितवन,असार १७- नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति ११ बजेदेखि पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोमा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका…

Read More

भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौँ, असार १६- भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको हो । सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान…

Read More

नारायणगढ–मुग्लिन सडकः पहिरो पन्छाउन कम्तिमा ४ घण्टा लाग्ने

चितवन, असार १५– नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउन सुरु गरिएको छ । लगातार खसेको सुख्खा पहिरोका कारण बाटो खुलाउन समस्या भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ । थप पहिरो नखसे अबको चार देखि पाँच घण्टामा सडक सुचारु गरिने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । तीन वटा मेशिन…

Read More