नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

सेयर गर्नुहोस्

चितवन,असार १८-

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रक उठाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा राती १ः५० बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । पाँच घण्टापछि यातायात सूचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।