स्पर्श खबर

बारामा दुई बालबालिकालाई बोरामा राखेर भारत लैजादै गरेको अवस्थामा एक भारतीय पक्राउ

बोरामा बच्चा लुकाएर भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बाराको दक्षिणझिट्कैयाबाट एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र…

Read More

चितवनको गौतमबुद्ध रंगशाला बनाइदिन भारतसँग नेपाल सरकारको आग्रह,भारत सकारात्मक

चितवन,भदौ २- नेपालले चितवनको गौतमबुद्ध र धनगढीको फाप्ला क्रिकेट रंगशाला बनाइदिन भारत सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दहाल भारत भ्रमणमा गएको समयमा यी दुई रंगशाला बनाउन सहयोग मागेकोमा भारतले प्रारम्भिक सहमती जनाएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्। गत जेठ १७ देखि २० गतेसम्म प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएका…

Read More

बाराको जीतपुरमा खुल्यो टि.भि.एस मोटरसाईकलको आधिकारिक शोरूम

बारा, श्रावण ३२ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका वाडा नम्बर ७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडीटोलमा शोरूमको समउद्घाटन सम्पन्न गरेको हो । जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । जीतपुरसिमरा नगर…

Read More

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

धनगढी,साउन ३२- सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पही जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को भन्नाले…

Read More

चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्कियो

चितवन, साउन ३१- चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । बुधबार टिकौली जंगलमा शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Read More

मुग्लिङ-पोखराखण्डः मादी र सेती नदीमा बन्ने भयो सिग्नेचर पुल

काठमाडौं,साउन २८- विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। सो राजमार्ग अन्तर्गत मादी र सेती नदीमा यस्तो पुल निर्माण हुन लागेको हो। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सेती नदीमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन स्वीकृत भएको बताउँदै वर्षा सकिनेबित्तिकै पुल निर्माण सुरु हुने जानकारी दिए । उनले…

Read More

चितवनको माडीमा सुनको कण, खोजतलासको काम के हुँदै छ ?

चितवन, साउन २७- नेपालमा सुनखानी पत्ता लगाउन सरकारले कार्यालय नै खोलेर अन्वेषण थालेको करिब सय वर्ष हुन लाग्यो । १९८६ सालमा नहर तथा जियोलजी अड्डा स्थापना गरी खानीको अन्वेषण र विकासको सुरुवात संस्थागत रूपमा गरिएको थियो । खानी विभागबाट २०१८ सालमा प्रकाशित ‘खानी र मानिस’ पुस्तक अनुसार, सुनको खोजतलासका लागि चितवनस्थित रिउ उपत्यकाको मरोडी खोलामा…

Read More

जीतपुरसिमरा भित्र अवैध तरिकाले सरकारी सटर भाडामा

बारा, श्रावन २५ गते  । बाराको जीतपुरसिमरा भित्र अवैध तरिकाले सरकारी सटरहरु भाडामा लागेका छन् । उपमहानगरपालिका संग सस्तोमा सटर लिएर तेस्रो व्यक्तिलाई महंगोमा सटर भाडामा दिएको पाइएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा उपमहानगरपालिकाको अधिनमा रहेको १३४ वडा सटर मध्ये अधिकांश सटरहरु अवैध तरिकाले तेस्रो व्यक्तिलाई दिइएको छ । जीतपुरसिमरा उपमहानगरका अनुसार…

Read More

नेपाल टेलिकमले हरायो १० लाखको रिचार्ज कार्ड

काठमाडौं, साउन २४- नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। बुधबार गोरखापत्रमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो। टेलिकमका अनुसार सि नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको बताएको छ। ती कार्ड खरिद नगर्न समेत टेलिकमले अनुरोध गरेको छ।

Read More

सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार

मलंगवा, साउन २४- सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको…

Read More