जीतपुरसिमरा भित्र अवैध तरिकाले सरकारी सटर भाडामा

सेयर गर्नुहोस्

बारा, श्रावन २५ गते  ।

बाराको जीतपुरसिमरा भित्र अवैध तरिकाले सरकारी सटरहरु भाडामा लागेका छन् । उपमहानगरपालिका संग सस्तोमा सटर लिएर तेस्रो व्यक्तिलाई महंगोमा सटर भाडामा दिएको पाइएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा उपमहानगरपालिकाको अधिनमा रहेको १३४ वडा सटर मध्ये अधिकांश सटरहरु अवैध तरिकाले तेस्रो व्यक्तिलाई दिइएको छ । जीतपुरसिमरा उपमहानगरका अनुसार सरकारी सटर जस्को नाममा दर्ता छ उसैले मात्र व्यापार गर्न पाउछ । सटर आफ्नो नाममा लिएर महंगो दाममा तेस्रो व्यक्तिलाई दिन नमिल्ने प्रावधान छ ।

उपमहानगर संग प्रति महिना रू ३ हजार ५ सयमा सटर लिएर तेस्रो व्यक्ति संग प्रति महिना रू १५ हजार सम्ममा सटर भाडामा दिइएको पाइएको छ । जीतपुर बजारमा अधिकांश सटरहरु अवैध तरिकाले तेस्रो व्यक्तिलाई दिइएको एक व्यापारीले बताएका छन् ।

महंगो दाममा तेस्रो व्यक्तिलाई सटर दिदा पनि नियमकारी निकाय उपमहानगरपालिका र वडा कार्यालय मौन छन् । यता उपमहानगरपालिकामा अधिकांश सटरको भाडा वर्षौदेखि बाकि रहेको देखिन्छ तर सटरमा व्यापार पर्ने व्यापारीले आफुहरू सटर साहुलाई महिने पिछे पैसा दिएको बताउँछन् ।

नाम नखोल्ने शर्तमा एक जनाले व्यारीले भने मैले यो सटर सुरुमा ८ हजारमा लिएको थिए र आज यस सटरको भाडा बढेर १५ हजार पुगेको छ । तर उपमहानगरले अहिले पनि उक्त सटरको मात्र ३५०० रुपैया लिने गरेको छ । यसरी सरकारी सटर सस्तोमा लिएर तेस्रो व्यक्ति संग महंगोमा दिइएको छ ।

यता जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरस्थित रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयको ३५ वटा सटर मध्ये पनि अधिकांश सटर अवैध तरिकाले तेस्रो व्यक्तिलाई दिइएको छ । स्कुल संग ४ हजार प्रति महिनामा सटर भाडामा लिइ तेस्रो व्यक्तिलाई १५ हजार भाडामा दिइएको पाइएको छ ।

यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ता मौन छन् ।