स्पर्श खबर

बाघको आक्रमणबाट ठोरीमा एक जनाको मृत्यु

ठोरी, भाद्र १४ गते । पर्सा जिल्लाको ठोरीमा बाघको आक्रमणबाट एक जनाको बृद्धको मृत्यु भएको छ । जिल्लको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको हो । स्थानीय ५० वर्षीय कान्छालाल दोङको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । बुधवार राति करिब ७ बजे उनको शव…

Read More

बढ्यो सुनको मूल्य

काठमान्डौं, भाद्र १३ गते । सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा बुधवार छापावाल सुन तोलामा आठ सय रुपैयाँले वृद्धि भई एक लाख १२ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य…

Read More

सर्पले टोकेपछि झारफुकः महिलाको मृत्यु

बैतडी, भदौ १३- बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो । मंगलबार राती साढे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राति १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले…

Read More

आजबाटै लागु हुने गरी बढ्यो अण्डाको मुल्य

चितवन, भदौ १३- लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू…

Read More

व्यवस्थित बन्दै खैर्वा स्कुल

बारा, भाद्र १२ गते । अस्तव्यस्त अवस्थामा चल्दै आएको खैर्वा स्कुलले नँया व्यवस्थापन समितिको अध्यक्ष पाएपछि व्यवस्थित बन्दै गएको छ । बाराकोजीतपुरसिमरा – ११ स्थित रहेको उक्त स्कुलको व्यवस्थापन निकै कमजोर थियो । नँया व्यवस्थापन समिति गठन पश्चात् उक्त स्कुलले गति लिन थालेको छ । नँया व्यवस्थापन समितिका अध्यक्ष प्रतिप गौतम स्कुलकोस्तर सुधार गर्न दिनरात…

Read More

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं, भदौ १०- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी ९बलात्कार० मुद्दाले आइतबार पनि पालो पाएन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ । सन्दीप लामिछानेले पीडितको जन्ममितिको…

Read More

तीर्थयात्री बोकेको बस बाराको चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु, १७ घाइते

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नदिकै तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छद। दुर्घटनामा एक जना नेपाली सहित ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय…

Read More

वडा अध्यक्ष गुप्ताको सकृयतामा १५ कठा ऐलानी जग्गा फेला

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा करिब १५ कठ्ठा ऐलानी जग्गा पता लागेको छ । वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ताको सकृयतामा उक्त ऐलानी जग्गा पता लागेको हो । वर्षौंदेखि उक्त ऐलानी जग्गा व्यक्तिगत बनाएर भोगचलनमा थियो । सुनिलकुमार गुप्ता वडा अध्यक्षमा निर्वाचित भएदेखि विभिन्न ऐलानी र सार्वजनिक जग्गालाई खालि गराई नगरपालिकाको…

Read More

ललिता निवास प्रकरणः सीआईबीलाई बाबुराम भट्टराईले दिए बयान

काठमाडौं,भदौ ४- पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन्। डाक्टर भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिलाई बताएको उल्लेख गरेका छन्। उनले सिआईबिलाई उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका हुन्।…

Read More

कोशी प्रदेश : बैठक बोलाएर सुटुक्क काठमाडौं उडिन् उपसभामुख

विराटनगर, भदौ ४- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान गरेर उपसभामुख सिर्जना दनुवार सुटुक्क काठमाडौं उडेकी छन्। आज दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकबारे छलफल गर्न बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार आफू भने काठमाडौं उडेकी हुन्। यति एयरलाइन्सको…

Read More