वडा अध्यक्ष गुप्ताको सकृयतामा १५ कठा ऐलानी जग्गा फेला

सेयर गर्नुहोस्
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा करिब १५ कठ्ठा ऐलानी जग्गा पता लागेको छ । वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ताको सकृयतामा उक्त ऐलानी जग्गा पता लागेको हो ।
वर्षौंदेखि उक्त ऐलानी जग्गा व्यक्तिगत बनाएर भोगचलनमा थियो । सुनिलकुमार गुप्ता वडा अध्यक्षमा निर्वाचित भएदेखि विभिन्न ऐलानी र सार्वजनिक जग्गालाई खालि गराई नगरपालिकाको स्वामित्वमा ल्याई रहेका छन् ।
वडा अध्यक्ष गुप्ताको अनुसार सार्वजनिक जग्गा वा ऐलानी जग्गा हड्पिन पाइदैन त्यसमा सरकारको स्वामित्व हुन्छ । उनले बारम्बार सुचना जारी गर्दै वडा नम्बर ७ मा ऐलानी, नदि खोला वा सार्वजनिक जग्गामा बनाइएको संरचना हटाउन अनुरोध गर्दै आएका छन् ।
बारम्बार सुचना जारी गर्दा पनि ऐलानी जग्गा खाली नभएपछि वडा अध्यक्ष गुप्ता अमिन लिएर फिल्डमा उत्रेका छन् । जीतपुरसिमरा-७ को फुल्बारी टोलमा व्यक्तिले उपभोग गर्दै आएको करिब १५ कठ्ठा ऐलानी जग्गा वडा अध्यक्ष गुप्ताको पहलमा सोमबार नापी गरि छुट्याइएको हो ।
वडा अध्यक्ष गुप्ताको अनुसार यसैगरि जीतपुरको ऐलानी वा सार्वजनिक जमिन खोजी गरि उपमहानगरको स्वामित्वमा ल्याई सार्वजनिक प्रयोजनका लागि उक्त जग्गालाई प्रयोगमा ल्याइने छ ।