बढ्यो सुनको मूल्य

सेयर गर्नुहोस्

काठमान्डौं, भाद्र १३ गते ।

सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा बुधवार छापावाल सुन तोलामा आठ सय रुपैयाँले वृद्धि भई एक लाख १२ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।