जितपुरसिमरा नगर ओबिसि महासंघको अधिवेशन सम्पन्न ,साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१३ पौष ।सिमरा : नेकपा एमाले निकट जनवर्गिय संगठन अखिल नेपाल पिछडार्वग ओबिसी महासंघको प्रथम जीतपुरसिमरा नगर अधिवेशन सम्पन्न भएको छ ।नेपाल पिछडावर्ग ओबिसी महासंघका मधेश प्रदेश सचिव अनिल कुमार गुप्ताको अध्यक्षता र नेकपा एमालेको पोल्युट ब्युरो सदस्य एवं पूर्व मन्त्री ज्वाला कुमारी साहको प्रमुख अतिथ्यमा प्रथम जीतपुरसिमरा नगर अधिवेशन सम्पन्न भएको हो ।
जीतपुरमा सम्पन्न अधिवेशनबाट प्रलाद साह सोनारको अध्यक्षतामा १४ सदस्यिय पिछडावर्ग महासंंघको नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सुरेन्द्र गुप्ता, सचिवमा अजय साह तेलि,सह सचिवमा शम्भु राज सहनी , केषाध्यक्षमा रिता देवी, सदस्यहरुमा राजेश साह ,धनसुनर राउत,सुरेन्द्र राउत कुर्मी ,आशा देवी,बिमल सिंह ,अम्बिका सहनी ,राजकुमार शर्मा लोहार ,उपेन्द्र सहनी ,कन्हैया गुप्ता रहेको छ ।
नेकपा एमाले निकट जनवर्गिय संगठन अखिल नेपाल पिछडार्वग ओबिसी महासंघको प्रथम जीतपुरसिमरा नगर अधिवेशनमा बोल्दै संगठनका मधेश प्रदेश सचिव अनिल कुमार गुप्ताले ओबिसीले नयाँ रणनीति र योजना बनाएर पालिका स्तरमा काम गर्ने बताएका छन् । अध्यक्ष गुप्ताले ओबिसीमा आवद्ध रहेका जातजातिको हक अधिकारका लागि आवाज बुलन्द पार्ने गरी काम गर्ने र अधिकारबाट बञ्चित रहेकाहरुलाई ओबिसी महासंघले सक्रियताका साथ काम गर्ने गरी गुरु योजना बनाएर अगाडी बढ्ने बताए ।
नेकपा एमाले निकट जनवर्गिय संगठन अखिल नेपाल पिछडार्वग ओबिसी महासंघको प्रथम जीतपुरसिमरा नगर अधिवेशनमा बोल्दै प्रमुख अतिथी पूर्व मन्त्री ज्वाला कुमारी साहले पिछडा वर्गलाई राज्यको मूल प्रवाहीकरणमा ल्याउनुपर्नेमा जोड दिए । पिछडा वर्ग तथा कमजोर वर्गलाई सशक्त बनाउन विभिन्न किसिमको ज्ञानसीप जस्ता कार्यक्रम अगाडि सार्नुपर्नेमा राज्यको ध्यानाकर्षण गराईन। त्यस्तै उनले अखिल नेपाल पिछडावर्गमा रहेका जातजातीहरुको शैक्षिक, राजनीतिक, सांस्कृतीक उत्थानका लागि एमाले पार्टी लागी पर्ने प्रतिवद्धता जनाईन।
कार्यक्रममा नेकपा एमालेको मधेश प्रदेश सचिव मनोज पौडेलले पिछडावर्गहरु आफू जहिले पनि पछि परेको जात भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने जिकिर गरे। उनले आफूमा निहित ज्ञान, सीप, कला, क्षमतालाई उच्चतम प्रयोग गर्नुपर्ने बताए । त्यस्का लागि राज्यले वातावरण निर्माण गर्नुपर्ने उनको तर्क थियो ।अखिल नेपाल पिछडार्वग ओबिसी महासंघको प्रथम जीतपुरसिमरा नगर अधिवेशन बाट चयन भएका नयाँ कार्यसमितिलाई पूर्व मधेश प्रदेश सभा सदस्य सुन्दर बिकले सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।