नेपाल आयल निगमबाट इन्धन ढुवानी ठप्प हुने खतरा, व्यवसायीहरू आन्दोलित

मनाेज शाह जितपुर बारा पुस १३ गते:

अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल पेट्रोलियम ट्यांकर चालक संघले संयुक्त रुपमा इन्धन ढुवानी व्यवस्थापनमा देखिएका समस्याहरू समाधान नभएको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।

उनीहरूले विगतका दिनमा पटक–पटक समस्या समाधानका लागि आवाज उठाउँदा पनि सुनुवाइ नभएको आरोप लगाएका छन् । व्यवसायीहरूको अनुसार, अमलेखगञ्ज डिपोको व्यवस्थापन प्रणाली कमजोर भएको र ट्यांकरहरुको पारदर्शी ढंगले व्यवस्थापन गर्न नसक्दा ढुवानी क्षेत्रमा अव्यवस्था बढ्दै गएको उनीहरुको आरोप छ ।

बरौनी–अमलेखगञ्ज रूटमा सञ्चालन हुने १०४ ट्यांकरहरु व्यवस्थापन सुदृढ गर्न माग गर्दै व्यवसायीहरूले दीर्घकालीन समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको अम्लेखगंज पेट्रोलियम ढुवानी ब्यवसायी संघका अध्यक्ष सुदामा प्रसाद साह कानुले जानकारी दिए ।संघहरूले मजदुरी बढाउने र ढुवानी प्रक्रियालाई स्पष्ट तथा पारदर्शी बनाउने विषयमा समेत ध्यान दिन सरकार र सम्बन्धित निकायलाई चेतावनी दिएका छन् ।उनीहरूले आम उपभोक्तालाई यस आन्दोलनका कारण पर्न सक्ने असुविधाप्रति क्षमायाचना व्यक्त गरेका छन् । आन्दोलनका कारण इन्धन आपूर्तिमा गम्भीर असर पर्ने संभावना रहेकोले यस समस्याको समाधानमा सरकारको सक्रियता आवश्यक भएको उनीहरूको भनाइ छ । आफुहरुको माग सुनुवाई नभएमा आईतबार पौष १४ गते देखि सशक्त रुपमा ट्याङ्कर गाडिहरु ठप्प पारी आन्दोलनमा उत्रन आफुहरु बाध्य हुने अम्लेखगंज पेट्रोलियम ढुवानी ब्यवसायी संघका अध्यक्ष कानुले जानकारी दिए ।

यता नेपाल आयल निगम प्रादेशिक कार्यालय अम्लेखगंज प्रमुख प्रलयङ्कर अचार्यले १०४ वटा ट्याङ्करहरुको ब्यवस्थापनमा आफुहरु गम्भिर रुपमा लागेको बताए । आयल निगमको केन्द्रिय कार्यालयले ढुवानी ब्यवसायी माहासंघसँग २१ गते सम्म कुनु कुन रुटमा कुन कुन गाडि ब्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा माग गरेको जानकारी दिए ।

यहाँ चल्ने ट्याङ्करहरुलाई पनि आयल निगमको एउटा अङ्ग आफुहरु मागेका कारण यसको ब्यवस्थापन गर्नुलाई पनि आफुहरुले दायित्वको रुपमा लिएको जानकारी दिए । त्यसैले आन्दोलन गर्नुको कुनै औचित्य नभएको उनले जिकिर गरे ।