इजरायलद्वारा गाजामा हवाइ आक्रमण, १०० भन्दा बढीको मृत्यु

काठमाडौं, मंसिर १८- इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गर्दा कैयौँ सर्वसाधारणको मृत्यु भएको छ। ​यस क्रममा सयौँ मानिस घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायली हवाइ हमला उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाएर भएको थियो । पछिल्लो केही घण्टामा यहाँ ३७ जनाको ज्यान गएको छ। गाजा…

Read More

पाकिस्तानका कप्तान बाबर आजमले दिए राजीनामा

काठमाडौ,कात्तिक २९- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले तीनवटै क्रिकेटको संरचनाको कप्तान पदबाट राजीनामा दिएका छन् । बाबरले बुधबार राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन् । आज, म सबै ढाँचामा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दै छु। यो कठिन निर्णय हो । तर मलाई लाग्छ कि यो निर्णयको लागि सही समय हो ।…

Read More

शरणार्थी शिविरमा इजरायलको बम वर्षा, २०० जनाको मृत्यु

काठमाडौं, कात्तिक १६- इजरायलले गाजापट्टीको एक शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ। जबालिया शरणार्थी शिविरमा इजरायलले पटकपटक खसालेको बमका कारण १२० जना भन्दा बढी भग्नावशेषमा पुरिएर बेपत्ता छन्। ७ सय ७७ जना घाइते भएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले शिविरमा पटकपटक आक्रमण गरेर निहत्थाको ज्यान लिइएको आरोप…

Read More

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ५० घाइते

भारत, कात्तिक १३- भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु…

Read More

भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते

डेस्क, असोज २५- भारतमा रेल दुर्घटना हुदा त ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको छन् । बिहारबाट कामाख्या जादै गरेको रेल बुधबार राति दुर्घटना हुदा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका हुन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल भारतिय समय अनुसार बुधबार राति ९ः५३ बजे…

Read More

इजरायलको अस्पतालबाटै प्रविणले भने-अपरेसन सक्सेसफुल भयो भन्दिनु है

काठमाडौें, असोज २३- इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया सफल भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर…

Read More

इजरायली सेनाद्वारा बंकरमा फसेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थलमा लगियो

काठमाडौं, असोज २२- इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ । कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए । इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो । पर्वत पैयु ५ का नारायण भुसालले सामाजिक सञ्जालमा भिडियो…

Read More

इजरायलबाट नेपाल फर्किन चाहनेलाई सरकारले ल्याउने

काठमाडौ,असोज २२- सरकारले प्यालेस्टाइनको हमास समूहको आक्रमणपछि इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार गर्ने भएको छ । त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि छिट्टै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गर्न लागिएको इजरालयमा रहेको नेपाली दूतावासले जनाएको छ । शनिबार हमासले गरेको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ ।

Read More

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

राँझा, साउन २१- भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । दुर्घटनामा परी नेपालगन्ज…

Read More

ब्राजिलका पूर्व राष्ट्रपतिलाई ८ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध

ब्राजिल, असार १६- ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ। ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्व राष्ट्रपति बोल्सोनारोलाई आगामी आठ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ । यसलाई दक्षिणपन्थी नेताका लागि ठूलो धक्का मानिएको छ । बोल्सोनारो गत चुनावमा आफ्नो शक्ति र मिडियाको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर भएका छन्। बोल्सोनारोलाई सातमध्ये पाँच…

Read More