भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते

सेयर गर्नुहोस्

डेस्क, असोज २५-

भारतमा रेल दुर्घटना हुदा त ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको छन् । बिहारबाट कामाख्या जादै गरेको रेल बुधबार राति दुर्घटना हुदा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका हुन् ।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल भारतिय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । दुर्घटनामा रेलका १२ वटा डिब्बाहरु लिकबाट उछिट्टिएका छन् ।

यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ ।

सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।