स्पर्श खबर

प्रदेश स्तरीय बजेटबाट बाराको अमलेखगन्जमा मेसिनरी वाल, सडक ढलान र ग्याबिङको शिलान्यास

बारा जेष्ठ २४ गते । बाराको अमलेखगन्जमा मेसिनरी वाल, सडक ढलानको सिल्यान्यास भएको छ । बारा क्षेत्र ४(१) मधेस प्रदेश सभा सदस्य देवनारायणचौधरीको निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गतको जितपुरसिमरा उपमहानगरपालिका वडा न.२२ को ड्राइभर डाडामा मेसिनरी वाल रसडक ढलानको शिल्यान्यास भएको हो । प्रदेशसभाका सदस्य देवनारायण चौधरिले सडकको शिलान्यास गर्दै क्षेत्र विकास कार्यक्रमबाट ८ लाख…

Read More

आज देशका यी ठाउँमा पानी पर्ने

काठमाडौँ, जेठ २४- आज देशका केही क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हो । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा…

Read More

मिलोमतोमा बकैया खोलामा उत्खनन, अनुगमन गर्ने निकाय मौन

जेष्ठ २४ गते । बाराको बकैया खोलामा जथाभावी दोहन हुदा पनि अनुगमन गर्ने मौन बसेको छ । बाराको कोल्हवी नगरपालिकाले लगाएको नदीजन्य पदार्थको ठेकदारले बकैया नदिमा जथाभावी दोहन गरिरहेको छ । अनुगमन गर्ने निकाय जिल्ला समन्वय समिति, प्रहरी, प्रशासन, वन र स्थानीय निकाय मौन बसेपछि खोलामा जथाभावी दोहन बढेको हो । नदि खोलामा अनुगमन नहुदा…

Read More

बिदा थपः जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २६ गते सम्मका लागि बन्द रहने

बारा, जेष्ठ २३ गते । गर्मी नघटेपछी जीतपुरसिमरा उपमहानगरपालिकाले निजी तथा सामुदायिक विधालयलाई दिएको बिदामा तिन दिन थप गरेको छ । विधालय अब जेठ २७ गते खुल्नेछ । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्न जेष्ठ १८ गते निर्देशन दिएको थियो । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २३ गते…

Read More

एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक सुरू हुन सकेन

काठमाडौँ, जेठ २३— बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बस्ने भनिएको आजको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु भइसकेकाले त्यही छलफललाई निरन्तरता दिन बैठक बस्ने थियो ।…

Read More

तराईका जिल्लामा आजपनि ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने

बारा, जेष्ठ २३ गते । तराईका जिल्लामा आजपनि उच्च गर्मी यथावत रहनेछ । तराईका जिल्लामा आज ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने मौसमविद् मौसमविद् सजिना शाक्यले बताउनुभयो । लगातारको गर्मीले तराईका जिल्लामा जनजिवन कष्टकर बन्दै गइरहेको छ । पश्चिमी तराईमा भने आज बदली र सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । यस्तै काठमाडौं…

Read More

विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालद्वारा वृक्षारोपण

बारा, जेष्ठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सुर्य नेपाल प्रा.ली सिमराले जीतपुरसिमराको ललका पुल देखि छातापिपराको गढिमाई सम्म वृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नि.कार्यसमितिको पहलमा सुर्य नेपालले ललका पुल देखि गढिमाई मन्दिर सम्म ७४६ विरूवा रोपेको छ…

Read More

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी भनेकै १५ वटा राँगा होः ओली

काठमाडौं, जेठ २२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे । ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो ।…

Read More

राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, जेठ २१- सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै…

Read More

बारा, पर्सासहित तराईका अन्य जिल्लाहरुमा चल्यो तातो हावा ‘लु’

बारा, जेष्ठ २१ गते । मध्य तराईका जिल्लाहरुमा तातो हावा (लु) चलिरहेको छ । मध्य तराईका जिल्लाहरु नवलपरासी, रुपन्देही, चितवन, बारा, पर्सा, सप्तरी, सिराहा, सर्लाही, महोतरी, जनकपुर लगायतका हावा ‘लु’ चलिरहेको मौसमवीद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा ‘लु’ चलिरहेको र अझै २ दिन चल्ने बताएका…

Read More