मिलोमतोमा बकैया खोलामा उत्खनन, अनुगमन गर्ने निकाय मौन

सेयर गर्नुहोस्

जेष्ठ २४ गते ।

बाराको बकैया खोलामा जथाभावी दोहन हुदा पनि अनुगमन गर्ने मौन बसेको छ । बाराको कोल्हवी नगरपालिकाले लगाएको नदीजन्य पदार्थको ठेकदारले बकैया नदिमा जथाभावी दोहन गरिरहेको छ । अनुगमन गर्ने निकाय जिल्ला समन्वय समिति, प्रहरी, प्रशासन, वन र स्थानीय निकाय मौन बसेपछि खोलामा जथाभावी दोहन बढेको हो ।

नदि खोलामा अनुगमन नहुदा ठेकेदार कम्पनीले कानून विपरित नदीमा आधा दर्जन बढी जेसिबि मेसिन प्रयोग गरी तोकिएको भन्दा पाँच गुण बढी नदीमा खाडल बनाएर दोहन गरेको पाइएको छ । प्रारम्भिक वातावरणीय परिक्षणमा नदीमा मेसिन प्रयोग गर्न बन्देज गरेपनि प्राकितिक प्रकोपको नाममा बस्तीनै नभएको स्थानमा मिलोमतोमा जेसिबि प्रयोग गर्न ठेकदारलाईनै अनुमति दिएपछि ठेकदारले आधा दर्जन जेसिबि प्रयोग गरी दोहन गरिरहेको पाइएको हो ।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार चुरे क्षेत्र र चुरेको संरक्षित क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन सङ्कलन कार्य खाल्डा खुल्डी नपारी कामदारहरूबाट घरेलु उपकरणहरूको प्रयोग गरेर गर्न पाईने ब्यबस्था गरेको छ । नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनुसार दैनिक ३०० घनमिटर २८ टिपर भन्दा बढी उत्खनन, सङ्कलन गर्न नपाईने भएपनि नदीमा एक पटक लोड गर्न ९५ वटासम्म टिपर रहेका छन । २८ टिपर उठाउन पाउने ठेकदारले दैनिक हजारौ टिपर सामाग्री उठाएपनि बर्षभरीमा जिल्ला समन्वयले अहिलेसम्म एक पटक मात्र अनुगमन गरेको छ ।

यता बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अबैध उत्खनन रोक्न प्रहरीलाई निर्देशन दिएको बताउनु भएको छ । उहाँले ठेक्का लगाएको नगरपालिकालाईनै अनुगमन गर्न भनेको बताउनु भयो । बर्षमा एक पटक अनुगमन गरेर फेरी अनुगमन नभएको बारे प्रजिअ सापकोटाले ब्यस्तताका कारण अनुगमन गर्न नसकेको बताउनु भयो ।

नियम विपरित उत्खनन् सगैँ ठेकेदार कम्पनीलले नदीजन्य पदार्थमा राजस्व छली गरेको छ । कोल्हवी नगरपालिकाको खोलाबाट ठेकेदार कम्पनीले नदीजन्य पदार्थमा राजस्व छली गरिरहेको । ठेकदारलाई दुई ठाँउमा बसेर अनलाईन बिल काट्ने ब्यबस्था मिलाएपनि जङलनै जङल अनलाईन बिल नकाटी लैजाने गरेका छन । बिल नकाटी लैजादै गरेको अबस्थामा कोल्हवी नगरपालिकाले यस वर्ष लगाएको बकैया खोलाको नदीजन्य पदार्थ ढुवानी गर्दा राजस्व छली गरिएका छ वटा टिपरलाई इलाका प्रहरी कार्यालय, निजगढले केही दिन अघि नियन्त्रणमा लिएको थियो । अनलाईन रसिद नकाटी हिडेको सो टिपरलाई जिल्ला समन्वय समिति बाराले रु एक लाख ८० हजार जरिवाना गरेर छाडेको भएपनि अहिलेपनि नियमितरुपमा राजस्व नतिरी लैजाने गरेको स्थानीयले बताएका छन ।

यता ठेकदारले शर्त भन्दा बाहिर गएर उत्खनन गरेको स्वीकार गर्दै कोल्हवी नगरपालिकाका नगरप्रमुख राम प्रसाद चौधरीले हामीले पटक पटक अनुगमन गरेका बताउदै प्रहरी प्रशासनको अनुगमन नहुदा समस्या परेको बताए । बर्षमा एक पटक मात्र अनुगमन भएको छ । अनुगमनमा कमी भएको कारण रोक्न नसकीएको उहाँले बताउनु भएको छ ।

नदीजन्य पदार्थको ठेक्का बापत करोडौं रकम असुल्ने तर वातावरण सन्तुलनका लागि बेवास्ता गर्दा ठेकेदार कम्पनीले दादागिरी शैलीमा उत्खनन र टिपर वन क्षेत्रमा गुडाउँदै आइरहेको छ । कोल्हवी नगरपालिकाले आह्वान गरेको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्तीलाई कोल्हवी बाराका प्रसाईं निर्माण सेवा प्रा.ली, रियन्स निर्माण सेवा प्रा.ली., सिदार्थ निर्माण सेवा प्रा.ली., राम दुलारी कन्स्ट्रक्सन प्रा.ली. जेभी कोल्हवी बाराले चार करोड एक रुपैयाँमा ठेक्का सकार गरेको हो । सो नगरपालिकाले ५७ लाख ११ हजार ८३५।५२ घनफिट नदीजन्य पदार्थको न्यूनतम ठेक्का सकार रकम तीन करोड ९९ लाख ८२ हजार ८४८ रुपैयाँ ६९ पैसा तोकेको थियो । ठेकदार र नगरपालिकाको मिलोमतोमा केबल चार करोड एक रुपैयामा ठेक्का लगाईएको हो ।

कोल्हवी नगरपालिकाका तत्कालीन नगरप्रमुख प्रमुख भरत बहादुर भण्डारीको कार्यकाल आर्थिक वर्ष २०७४÷७५ देखि लगाएको खोला ठेक्का, बजार ठेक्का, पटके सवारीकर ठेक्काबापतको करीब रु नौ करोड बक्यौता रकम अझैसम्म ठेकेदारहरूले नगरपालिकालाई बुझाएका छैनन । ठेक्का रकम नबुझाएपनि सोही ठेकदार मार्फत नगरपालिकाले ठेक्का लगाएको छ । नगरपालिका समेतको मिलोमतोमा ठेक्का लगाईएको स्थानीयले आरोप लगाएका छन । हैन भने बिगतको बाँकी भएकै ठेकदार समुहलाई किन पुन ठेक्का लगाईयो प्रश्न चिन्ह बनेको छ । सो बारे नगरप्रमुख राम प्रसाद चौधरीले मानिस एकै भएपनि फर्म अर्को भएकोले