तराईका जिल्लामा आजपनि ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने

सेयर गर्नुहोस्

बारा, जेष्ठ २३ गते ।

तराईका जिल्लामा आजपनि उच्च गर्मी यथावत रहनेछ । तराईका जिल्लामा आज ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने मौसमविद् मौसमविद् सजिना शाक्यले बताउनुभयो । लगातारको गर्मीले तराईका जिल्लामा जनजिवन कष्टकर बन्दै गइरहेको छ । पश्चिमी तराईमा भने आज बदली र सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

यस्तै काठमाडौं उपत्यकामा हिजोभन्दा आज धेरै गर्मीको महसुस हुनेछ । हिजो बिहानैबाट काठमाडौंमा बदली भएका कारण कम गर्मी भएको थियो । तर, आज बिहानैबाट मौसम सफा हुने भएकाले गर्मी पनि बढ्नेछ । मौसमविद् शाक्यका अनुसार काठमाडौंमा आज तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्नेछ ।