स्पर्श खबर

मैले दसैंमा बिहे गर्न लागेको खबर झुटो होः पूजा

काठमाडौं, असार १८- अभिनेत्री पूजा शर्मा आगामी विजया दशमीमा प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर झुटो भएको बताएकी छिन् । यसपटक विजया दशमी कात्तिक ७ मा परेको र दसैंमा विवाह गर्ने तयारी नभएको उनले बताएकी हुन् । ‘मेरो बिहेको कुरा मलाई थाहा छैन। दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो। कात्तिकमा पनि बिहे…

Read More

एसईई नतिजा यसै साताभित्र

काठमाडाैँ,१७ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको…

Read More

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन,असार १८- नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रक उठाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा राती १ः५० बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । पाँच घण्टापछि यातायात सूचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो…

Read More

बाराले उचाल्यो प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधी

असार १७ गते । बारा जिल्ला फूटबल संघले मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फूटबल प्रतियोगिता उपाधी उचालेको छ । सिमरा रंगशालामाशनिवार भएको फाइनल खेलमा रौतहट जिल्ला फूटबल संघलाई २–१ ले पराजित गर्दै बाराले उपाधी उचालेको हो । बाराका लागि विवेक चौधरी र सागर चौधरीले एक/एक गोल गरेका छन् । रौतहटका लागि भने रोशन पहारीले…

Read More

नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

चितवन,असार १७- नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति ११ बजेदेखि पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोमा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका…

Read More

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

काठमाडौँ, असार १७– पटक–पटक प्राविधिक समस्या देखिन थालेपछि श्री एयरलाइन्सले आज (आइतबार)का लागि सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो। सोही कारण आजका लागि सबै उडान बन्द गरिएको एयरलाइन्सका…

Read More

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या

रौतहट, १६ असार । मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा एक २४ बर्सिया महिला र उनकी २ वर्षकी छोरी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ बर्सिया माला भन्ने कविता देवी र उनका २ बर्सिया छोरी आरुही कुमारीको घरमै मृत अवस्थामा फेला परेका हुन्। अबोध वालिका आरुही कुमारीको…

Read More

भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौँ, असार १६- भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको हो । सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान…

Read More

ब्राजिलका पूर्व राष्ट्रपतिलाई ८ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध

ब्राजिल, असार १६- ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ। ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्व राष्ट्रपति बोल्सोनारोलाई आगामी आठ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ । यसलाई दक्षिणपन्थी नेताका लागि ठूलो धक्का मानिएको छ । बोल्सोनारो गत चुनावमा आफ्नो शक्ति र मिडियाको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर भएका छन्। बोल्सोनारोलाई सातमध्ये पाँच…

Read More

दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिता : सिराहा तेश्रो, साबिक बिजेता सर्लाही पराजित

बारा, असार १५ गते । सिराहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको तेश्रो भएको छ । तेश्रो स्थानको लागी आज सिमरा रंगशालामा भएको खेलमा सर्लाहीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिराहा प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल भएको हो । खेलको म्यान अफ द म्याच सिराहाका अन्जन हमाल घोषित भए…

Read More