बारा, असार १५ गते ।
सिराहा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको तेश्रो भएको छ । तेश्रो स्थानको लागी आज सिमरा रंगशालामा भएको खेलमा सर्लाहीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिराहा प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल भएको हो ।
खेलको म्यान अफ द म्याच सिराहाका अन्जन हमाल घोषित भए । उनलाई मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले नगद २५०० सहित म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।
साबिक बिजेता सर्लाहीलाई पराजित गर्दै सिराहाले नगद २० हजार रुपैया प्राप्त गरेको छ । प्रतियोगिता अन्र्तगत भोलि फाईनल भिड्न्त हुदैछ । साबिक उप बिजेता बारा र रौतहट जिल्ला फुटबल संघ उपाधीका लागी अन्तिम भिड्न्त गर्दैछन् ।
बारा जिल्ला फुटबल संघ सिराहालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने रौतहटले सर्लाहीलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले नगद ३० हजार रुपैया पाउनेछन् ।
मधेश प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा असार ११ गतेदेखि जारी प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य सहयोगीमा शिक्षा तथा समाजकल्याण मन्त्रालय मधेश प्रदेश रहेको छ ।
प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहेको छ ।