स्पर्श खबर

सिमराबाट परीक्षा दिएर विश्रामपुर जादैगरेका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक जना गम्भीर घाईते

बारा, असार २५ गते । विरगञ्जको हरिखेतानका एक जना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । सिमराबाट ब्याचलर तेस्र‍ो वर्षको बोर्ड परीक्षा दिएर विश्रामपुर फर्किने क्रममा एक विद्यार्थीको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते समेत भएका छन् । परिक्षा केन्द्र सिमराबाट पर्साकको विश्रामपुर फर्किने क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २३ स्थितको…

Read More

आज देशभर भारी वर्षाको सम्भावना

काठमाडौं, असार २५– आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् गंगा नगरकोटीका अनुसार मनसुन सक्रिय भइरहेकाले आज देशभर नै पानी पर्ने अनुमान छ। विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् । उनकाअनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका…

Read More

सर्वोच्चको तारेख बुझ्दै बालेन्द्रले भनेः प्रधानमन्त्रीलाई छुट मिल्यो, म अपराधी भएँ

काठमाडौं, असार २४- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफू आजबाट तारेखमा रहेको जानकारी गराएका छन्। सर्वोच्च अदालतले दिएको तारेखपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै मेयर बालेन्द्रले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू ‘अपराधी’ हुन पुगेको पनि उल्लेख गरेका छन्। ‘आज एउटा विशेष दिन, आजबाट म तारेखमा छु,’ उनले लेखेका छन्, ‘भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र…

Read More

सिमरा कलेजद्वारा स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउने जीतपुरका साहिद महमद सम्मानित

बारा, असार २३ गते । बाराको सिमराथित रहेको सिमरा कलेजको वि.वि.एसको बोर्ड परिक्षामा कलेजभर उत्कृष्ट नतिजा ल्याउने साहिद महमदलाई सिमरा कलेजले सम्मान गरेको छ । कलेजको पाँचौ कलेज सभामा वि.वि.एस तर्फ उत्कृष्ट नतिजा ल्याउने महमदलाई कलेजले सम्मान गरेको हो । कलेजले महमद संगै शिक्षा संकय तर्फ उत्कृष्ट नतिजा ल्याउने जीतपुरकै नेकाबुल अंसारीलाई पनि सम्मान गरेको…

Read More

बाराको कोल्हवीमा एक घरबाट १६८ किलो अवैध लागूऔषध गाँजा बरामद

बारा, असार २१ गते । घरमा लुकाई छिपाई राखिएको अवैध लागूऔषध गाँजा बारा प्रहरीले बरामद गरेको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५को एक घरमा लुकाई छिपाई राखिएको १६८ किलो गाँजा बरामद भएको हो । विषेश सुचनाको आधारमा कोल्हवी ५ को सोनाभार टोलमा स्थानि जितेन्द्र चौधरीको घरमा बिहिवार खानतलासी गर्दा भारी मात्रामा अवैध गाँजा…

Read More

बारामा सार्वजनिक बसमा गाँजा बरामद एक महिलासहित चालक र सहचालक प्रकाउ

बारा, असार १९ गते । बारामा लागुऔषध गाँजासहित एक महिला र दुई पुरूष पक्राउ परेका छन् । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ उनासिकिलो पुल स्थित पुर्व पश्चिम लोकमार्गबाट लागुऔषध गाँजासहित उनिहरू पक्राउ परेका हुन् । मंगलबार साझ ४ बजेको समयमा पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा खटिएको चेकिङ टोलीले पोखराबाट जनकपुर तर्फ जादै गरेको ग…

Read More

कञ्चनपुरमा किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौँ, असार १९ गते । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । किशोरीलाई दोधारा चाँदनी नगरपालि वडा नम्बर ५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय…

Read More

ललिता निवास जग्गा प्रकरणमा अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो सीआईबी

काठमाडौं,असार १९- ललिता निवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतले १७ जनालाई पक्राउ नगर्नू भनी दिएको आदेश खारेजीको माग गर्दै नेपाल प्रहरी अदालत पुगेको छ । १५ महिनाअघि न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले हदम्यादमा प्रश्न उठाई ललिता निवास जग्गा प्रकरणका १७ जना आरोपितलाई पक्राउ र धरपकड नगर्नु भनी अन्तरिम आदेश दिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…

Read More

आठ जिल्लामा ‘अति भारी’ वर्षा, बाढी पहिरोबाट बच्न ‘अलर्ट’ जारी

काठमाडौं, असार १९– स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपासका बासिन्दालाई बाढी, पहिरोबाट बच्न बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ। महाशाखाले आज बिहान सूचना जारी गरी स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको जानकारी गराउँदै ती क्षेत्रमा बाढी, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको…

Read More

घट्यो पेट्रोल र डिजेलको मुल्य

काठमाडौं,असार १८- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको छ । अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ ।…

Read More