बाराको कोल्हवीमा एक घरबाट १६८ किलो अवैध लागूऔषध गाँजा बरामद

सेयर गर्नुहोस्

बारा, असार २१ गते ।

घरमा लुकाई छिपाई राखिएको अवैध लागूऔषध गाँजा बारा प्रहरीले बरामद गरेको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५को एक घरमा लुकाई छिपाई राखिएको १६८ किलो गाँजा बरामद भएको हो ।

विषेश सुचनाको आधारमा कोल्हवी ५ को सोनाभार टोलमा स्थानि जितेन्द्र चौधरीको घरमा बिहिवार खानतलासी गर्दा भारी मात्रामा अवैध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक पुरूषोतम प्रसाद पाण्डेले बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा खटेको प्रहरी टोलीले जितेन्द्र चौधरीको घरमा कोही नभएको समयमा स्थानीय जनप्रतिनिधी तथा स्थानीयहरुको रोहवरमा घर खानतलासी गर्दा घरको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा १६८ किलो लागूऔषध गाँजा फेला परेको थियो ।

गाँजा बरामद भएपछि घरधनी जितेन्द्र चौधरी लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोजी कर्यसहित अनुसन्धान भईरहेको प्रवक्ता पाण्डेले बताउनु भयो ।