सिमराबाट परीक्षा दिएर विश्रामपुर जादैगरेका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु, एक जना गम्भीर घाईते

बारा, असार २५ गते ।

विरगञ्जको हरिखेतानका एक जना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । सिमराबाट ब्याचलर तेस्र‍ो वर्षको बोर्ड परीक्षा दिएर विश्रामपुर फर्किने क्रममा एक विद्यार्थीको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते समेत भएका छन् ।

परिक्षा केन्द्र सिमराबाट पर्साकको विश्रामपुर फर्किने क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २३ स्थितको हाइवेमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएक‍ो ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।

दुर्घटनामा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका अन्दाजी २३ वर्षिय विजय शर्माको मृत्यु भएको छ भने पोखरिया नगरपालिका वडा नम्बर १ का अन्दाजी २३ वर्षिय अर्जुन सहनी गम्भीर घाइते भएका छन् ।

सिमराबाट विरगञ्जतर्फ जादै गरेको प्रदेश नं. २ -०३-०१८ प ९६० नम्बरको मोटरसाईकल जीतपुरसिमरा-२३ भलुहिमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडी सवार शर्माको नारायणी मेडिसिटि वयोद्धया अस्पतालमा मृत्यु भएको थियो । सोही दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चाकल सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ ।