इजरायली सेनाद्वारा बंकरमा फसेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थलमा लगियो
काठमाडौं, असोज २२- इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ । कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए । इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो । पर्वत पैयु ५ का नारायण भुसालले सामाजिक सञ्जालमा भिडियो…