प्रधानमन्त्रीले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, पुस १०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । ‘पुस १० गते दिउँसो ठिक ३ बजे प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’,…

Read More

नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नतिका लागि आजदेखि रास्वपाको दबाब यात्रा

नवलपुर,पुस ९- राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । आइतबार सो पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ । ११३ किलोमिटर दूरी पार…

Read More

सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

काठमाडौं, पुस ५- सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले शपथ लिएका छन्। नवनियुक्त न्यायाधीशहरूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज (बिहीबार) शितल निवासमा शपथ लिएका हुन्। सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

Read More

नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन, पुस ५- नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो । नारायणगढबाट मुग्लिनतर्फ जाने…

Read More

द्रुतमार्ग निर्माण समयमै सक्न सेनालाई निर्देशन

काठमाडौँ, पुस ५- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडालले द्रुतमार्गको काठमाडौँतिरबाट शून्य बिन्दु ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको…

Read More

दूरसञ्चार प्राधिकरणले एनसेललाई पठायो लाइसेन्स खारेज गर्ने चेतावनीसहितको पत्र

काठमाडौं, पुस ३- एनसेलले सरकारलाई सेयर खरिद सम्झौतापत्र पठाउन आलटाल गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुईपटक पत्राचार गर्दा पनि एनसेलले आनाकानी गरिरहेको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । एनसेलले दुईपटक नै सम्झौता पत्र नपठाई टालटुले जवाफ दिएपछि सोमबार प्राधिकरणले कारबाही गर्ने चेतावनीसहित तेस्रो पत्र पठाएको छ । उनले भने, ‘हामीले सोमबारसहित तीनपटक एनसेललाई खरिद सम्झौतापत्र (सेयर पर्चेज…

Read More

देशमा सोचेअनुसार विकास गर्न सकिएनः सभामुख घिमिरे

झापा, पुस ०२- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोचेअनुसार देश विकास गर्न नसकिएको बताएका छन् । हल्दिबारी गाउँपालिका–२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले केही उदासीनताका कारण देशमा सोचेअनुसार विकास गर्न नसकिएको बताए । संसद् विकास कोषको रकम रोकिएकाले पनि संसद्को निर्वाचन क्षेत्रमा हुने विकास निर्माणका आयोजनामा प्रत्यक्ष असर…

Read More

‘मन्त्री होइन, प्रधानमन्त्रीकै कारण सरकार असफल’

काठमाडौं, पुस २- प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषद् बैठकमा किचलो उत्पन्न भएको छ। यही पुस १० गते प्रधानमन्त्री दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्न लाग्दा गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरू अघिल्ला बैठकहरूमा भन्दा फरक रूपमा प्रस्तुत हुँदा किचलो उत्पन्न भएको हो। यसको खास कारण प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक बस्नुअघि…

Read More

आज टिकटकविरुद्धको मुद्दाको सुनुवाइ, खोल्ने प्रधानमन्त्रीको संकेत

काठमाडौं, मंसिर १९– टिकटक बन्दविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाई हुँदैछ। १४ वटा मुद्दाको आज एकै पटक आज पूर्ण सुनुवाई हुन लागेको हो। यसअघि गत मंसिर पाँच गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो। कार्तिक…

Read More

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन, मंसिर १८- चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ् गरिएको थियो । असोज २५ गतेदेखि राखिएका क्यामेरा एक…

Read More