तराईका जिल्लामा आजपनि ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने

बारा, जेष्ठ २३ गते । तराईका जिल्लामा आजपनि उच्च गर्मी यथावत रहनेछ । तराईका जिल्लामा आज ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने मौसमविद् मौसमविद् सजिना शाक्यले बताउनुभयो । लगातारको गर्मीले तराईका जिल्लामा जनजिवन कष्टकर बन्दै गइरहेको छ । पश्चिमी तराईमा भने आज बदली र सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो । यस्तै काठमाडौं … Read more

राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, जेठ २१- सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै … Read more

बारा, पर्सासहित तराईका अन्य जिल्लाहरुमा चल्यो तातो हावा ‘लु’

बारा, जेष्ठ २१ गते । मध्य तराईका जिल्लाहरुमा तातो हावा (लु) चलिरहेको छ । मध्य तराईका जिल्लाहरु नवलपरासी, रुपन्देही, चितवन, बारा, पर्सा, सप्तरी, सिराहा, सर्लाही, महोतरी, जनकपुर लगायतका हावा ‘लु’ चलिरहेको मौसमवीद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा ‘लु’ चलिरहेको र अझै २ दिन चल्ने बताएका … Read more

असारको पहिलो हप्तापछि मात्रै नेपालमा पानी पर्न सक्ने

काठमाडौँ, जेठ २१- भारतमै मनसुन आउन ढिलाइ भएकोले यसपालि नेपालमा पनि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । मौसमविद्का अनुसार भारतमा मनसुन भित्रिएको दुईरतीन दिनपछि बल्ल नेपालमा भित्रिँदा असार लाग्न सक्छ । यसैबीच, तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताए । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम … Read more

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

काठमाडौँ, जेठ २१- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, भरतकुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासङ्घ, प्रा … Read more

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

काठमाडौं, जेठ २०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने … Read more

तत्काल पानी पर्ने सम्भावना न्यून,अझै तापक्रम बढ्ने

बारा, जेष्ठ १९ गते । आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने जानकारी दिएको छ। पहाडी भूभागका एकदुई स्थान बाहेकका भूभागमा वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने … Read more