प्रधानमन्त्री दाहाल पत्नी सीताको निधन

काठमाडौं, असार २७– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिए। उनले भने, ’अवस्था गम्भीर बनेर विहान अस्पताल ल्याइएको थियो। ८ बजेर ३३ मिनेटमा निधन भयो।’ अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा…

Read More

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, ५ जनाको शव फेला

सोलुखुम्बु, असार २६ गते । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो । पाइटलसहित ६ जना यात्रु बोकेर सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । दुर्घटा स्थल बाट ‘अहिलेसम्म ५ वटा…

Read More

आज देशभर भारी वर्षाको सम्भावना

काठमाडौं, असार २५– आज हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद् गंगा नगरकोटीका अनुसार मनसुन सक्रिय भइरहेकाले आज देशभर नै पानी पर्ने अनुमान छ। विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन् । उनकाअनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका…

Read More

ललिता निवास जग्गा प्रकरणमा अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो सीआईबी

काठमाडौं,असार १९- ललिता निवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतले १७ जनालाई पक्राउ नगर्नू भनी दिएको आदेश खारेजीको माग गर्दै नेपाल प्रहरी अदालत पुगेको छ । १५ महिनाअघि न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले हदम्यादमा प्रश्न उठाई ललिता निवास जग्गा प्रकरणका १७ जना आरोपितलाई पक्राउ र धरपकड नगर्नु भनी अन्तरिम आदेश दिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…

Read More

आठ जिल्लामा ‘अति भारी’ वर्षा, बाढी पहिरोबाट बच्न ‘अलर्ट’ जारी

काठमाडौं, असार १९– स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपासका बासिन्दालाई बाढी, पहिरोबाट बच्न बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ। महाशाखाले आज बिहान सूचना जारी गरी स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको जानकारी गराउँदै ती क्षेत्रमा बाढी, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको…

Read More

घट्यो पेट्रोल र डिजेलको मुल्य

काठमाडौं,असार १८- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको छ । अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ ।…

Read More

एसईई नतिजा यसै साताभित्र

काठमाडाैँ,१७ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको…

Read More

नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

चितवन,असार १७- नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति ११ बजेदेखि पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोमा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका…

Read More

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

काठमाडौँ, असार १७– पटक–पटक प्राविधिक समस्या देखिन थालेपछि श्री एयरलाइन्सले आज (आइतबार)का लागि सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो। सोही कारण आजका लागि सबै उडान बन्द गरिएको एयरलाइन्सका…

Read More

सुनको जलहरी पशुपतिनाथ ज्योतिर्लिङ्गमा पुनःस्थापना गरियो

काठमाडौं, असार १४– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिमाण र गुणस्तर परीक्षण गरेपछि सुनको जलहरी पुनः पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा बुधबार साँझ जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको हो। कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार आयोगले नापतौल गर्न रुद्रगारेश्वरमा लगिएको जलहरी पुनःस्थापना गरिएको…

Read More