स्पर्श खबर

सन्दीप भोलि दक्षिण अफ्रिका जाने

काठमाडौं, जेठ २१- क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले लामिछानेको आगामी पेशी असार २९ गतेलाई सारेपछि विश्वकप छनोटको अभ्यास खेल खेल्न उनी भोलि दक्षिण अफ्रिका जाने भएका हुन् । गत मङ्गलवार राष्ट्रिय टोली दक्षिण अफ्रिका प्रस्थान गरेपनि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भोली (सोमबार) दक्षिण अफ्रिका पठाउन लागेको…

Read More

असारको पहिलो हप्तापछि मात्रै नेपालमा पानी पर्न सक्ने

काठमाडौँ, जेठ २१- भारतमै मनसुन आउन ढिलाइ भएकोले यसपालि नेपालमा पनि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । मौसमविद्का अनुसार भारतमा मनसुन भित्रिएको दुईरतीन दिनपछि बल्ल नेपालमा भित्रिँदा असार लाग्न सक्छ । यसैबीच, तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताए । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम…

Read More

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

काठमाडौँ, जेठ २१- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, भरतकुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासङ्घ, प्रा…

Read More

जबरजस्ती करणी मुद्दामा जितपुरका शाह पक्राउ

बारा, जेष्ठ २१ गते । जबरजस्ती करणी मुद्दामा जितपुरका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले जितपुरसिमरा ७ का दिपेन्द्र शाहलाई पक्राउ गरेको हो । सोही वडाका एक जना महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शाहलाई नियन्त्रणमा लिईएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । बोगटीका अनुसार पक्राउ…

Read More

बिदा थप: जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २३ गते सम्मका लागि बन्द रहने

बारा, जेष्ठ २० गते । गर्मी नघटेपछी जीतपुरसिमरा उपमहानगरपालिकाले निजी तथा सामुदायिक विधालयलाई दिएको बिदामा दुई दिन थप गरेको छ । विधालय अब जेठ २४ गते खुल्नेछ । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्न जेष्ठ १८ गते  निर्देशन दिएको थियो । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २० गते…

Read More

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

काठमाडौं, जेठ २०– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने…

Read More

नागरिकता विधेयकको देशभर विरोध गर्छाैँ : एमाले

काठ​माडौं, जेठ २०– नेकपा एमालेले राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण कानुनविपरीत भएको ठहर गरेको छ। शुक्रवार बसेको पार्टी बैठकले नागरिकता विधेयक मन्त्रिपरिषद्‌बाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानून एवं स्थापित मूल्यविरुद्ध भएको बताएको छ। पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरण गर्न पठाएको संवैधानिक समयसीमाभित्र प्रमाणीकरण…

Read More

भारतको ओडिशामा भयानक रेल दुर्घटना, २ सयभन्दा बढीको मृत्यु

काठमाडौं, जेठ २०– भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । एनडीटीभीका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते…

Read More

तत्काल पानी पर्ने सम्भावना न्यून,अझै तापक्रम बढ्ने

बारा, जेष्ठ १९ गते । आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने जानकारी दिएको छ। पहाडी भूभागका एकदुई स्थान बाहेकका भूभागमा वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने…

Read More

भोलीबाट सिमरामा प्रदेश स्तरीय कराँते प्रतियोगिता सुरु

बारा, जेष्ठ १८ गते । बाराको सिमरामा मधेस प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते डोजाङले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १९ र २० गते प्रतियोगिता हुन लागेको जानकारी गराएको हो । आयोजकका अनुसार प्रतियोगितामा प्रदेशको आठ जिल्लाका एक सय ६० खेलाडीले सहभागिता जनाउनेछन् । दुई दिनसम्म आयोजना हुने प्रतियोगितामा…

Read More