जबरजस्ती करणी मुद्दामा जितपुरका शाह पक्राउ

सेयर गर्नुहोस्

बारा, जेष्ठ २१ गते ।

जबरजस्ती करणी मुद्दामा जितपुरका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले जितपुरसिमरा ७ का दिपेन्द्र शाहलाई पक्राउ गरेको हो ।

सोही वडाका एक जना महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शाहलाई नियन्त्रणमा लिईएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

बोगटीका अनुसार पक्राउ परेका शाहलाई ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ । उनलाई केहिदिन अघि बारा प्रहिले जितपुरबाट नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार शाहले डेढ महिना महिलालाई जबरजस्ती करणी गरेका थिए ।