स्पर्श खबर

तीन ठूला दलको बार्गेनिङको कारणले संसद बन्धक बनाउन पाइदैनः रवि लामिछानेले

काठमाडौं,साउन २३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन ठूला दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका हुन् । उनले अब तोकिएको समयमै सदन बस्छ भनेर रुलिङ गर्न सभामुखसँग माग गरे । उनले भने, ‘तीन जना नेताहरु…

Read More

मधेसः बाढीले बगाएर एक जनाको मृत्यु

जनकपुर मधेस प्रदेशको धनुषा जिल्लामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिकास्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने १७ वर्षीय अजय कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान १० बजे चिप्लिएर खोलामा खसेका उनलाई बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । स्थानीय…

Read More

बर्षाका कारण काठमाडौं सिमराकाे उडानहरु प्रभावित

बारा, २३ साउन – रातीदेखि परेकाे पानीका कारण काठमाडौं सिमराकाे उडान सबै उडानहरु प्रभावित भएका छन् । सिमरा विमान स्थल बिहानैदेखि नखुलेकाे कारण काठमाडौंबाट कुनै हवाई जहाज उडेको छैन् । सिमराकाे धावन मार्गमै पानी जमेकाे कारण काठमाडौं सिमराकाे उडानहरु बिहानदेखि अवरुद्ध गरिएको नागरिक तथा उडायन कार्यालय श्रोतले जनाएको छ । बर्षाकाे कारण काठमाडौंबाट सिमराकाे लागि…

Read More

आज दिनभरी झरीको सम्भावना, धेरैजसो नदी तथा खोलामा बाढी

साउन २३- आज दिनभरी झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गोविन्द झाका अनुसार…

Read More

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन,साउन २२- चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । चितवनको खैरहनी नगरपालिका वडा नं १२ सहनपुरमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङ मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिनुभयो । शव सहनपुरस्थित केरा घारीबाट निकालिएको र पोष्टमार्टमका लागि…

Read More

मलङ्गवाको एक विद्यालयमा अपरिचित युवकको शव फेला

सर्लाही सर्लाहीमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको हो । शनिबार विद्यालय बन्द भएको र आइतबार बिहान स्कुल पुगेका स्थानीयले विद्यालय भवनको बरन्डामा शव देखा परे पछि उनीहरुले प्रहरीलाई खबर गरेका…

Read More

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

राँझा, साउन २१- भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । दुर्घटनामा परी नेपालगन्ज…

Read More

नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटी गठन, अध्यक्षमा मनोज साह चयन

बारा, श्रावण १९ गते । नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटि गठन भएको छ । मनोज कुमार साहको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी गठन भएको हो । शुक्रबार बाराको जीतपुरमा बारा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक सुनिलकुमार साहको अध्यक्षतामा बसेको बैठक जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय नगर कमिटी गठन गरिएको हो । बैठकले नगरको अध्यक्षमा मनोज कुमार…

Read More

अबदेखि एसईई नहुने,विद्यालय शिक्षा विधेयक अघि बढ्यो

काठमाडौं, साउन १८- अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । एसईई परीक्षा नलिने भएपछि पनिकाको हैसियत समाप्त हुने भएको छ । विसं १९९० देखि सुरू भएको…

Read More

नारायणी नदीमा हामफालेकी महिलाको मृत्यु

चितवन, साउन १८– नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय महिलालाई अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो । चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितका अनुसार महिलाको बिहान ८ः३६ बजेको समयमा मृत्यु भएको हो । आज बिहान करिब ७ः४० बजेको समयमा भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा हामफालेकी…

Read More