बर्षाका कारण काठमाडौं सिमराकाे उडानहरु प्रभावित

सेयर गर्नुहोस्

बारा, २३ साउन –

रातीदेखि परेकाे पानीका कारण काठमाडौं सिमराकाे उडान सबै उडानहरु प्रभावित भएका छन् । सिमरा विमान स्थल बिहानैदेखि नखुलेकाे कारण काठमाडौंबाट कुनै हवाई जहाज उडेको छैन् । सिमराकाे धावन मार्गमै पानी जमेकाे कारण काठमाडौं सिमराकाे उडानहरु बिहानदेखि अवरुद्ध गरिएको नागरिक तथा उडायन कार्यालय श्रोतले जनाएको छ ।

बर्षाकाे कारण काठमाडौंबाट सिमराकाे लागि उडने बिहान ६:३० बजेकाे प्लेन बिहान ९ बजे सम्म पनि उडन सकेकाे छैन् । बिहानैदेखि उडानकाे पर्खाईमा वसेका यात्रुहरु विमान स्थलमै अलपत्र परेका छन् । सिमराकाे माैसम अहिलेसम्म खुलेकाे छैन् ।