स्पर्श खबर

माघ ५ गते जसपाले बीरगन्जमा `बलिदानी दिवस’ मनाउने

काठान्डौं, पुस २५ गते । जनता समाजवादी पार्टीले माघ ५ गते वीरगन्जमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ । जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा बलिदानी दिवस मनाउने जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले बताउनु भयो । नगरसभा गृहमा माघ ५ गते दिउँसो १२ः३० बजेदेखि सुरु हुने बलिदानी दिवसको कार्यक्रममा सहभागी…

Read More

सिराहामा भेटियो जनकपुरबाट हराएको बस

जनकपुर, पुस २५ गते । जनकपुरबाट चोरी भएको बस सिराहामा भेटिएको छ । सोमबार जनकपुरधामको बस स्टेण्डबाट हराएको बल सिराहाको गोल बजारमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार गोल बजार नगरपालिकाका वडा नम्बर ७ मा पार्किङ गरेको अवस्थामा हराएको बस भेटिएको हो । जनकपुर देखी भिठामोड चल्ने ना…

Read More

बमजनको घरबाट ३ करोड ३० लाख नगद र १५ वटा मोबाइल बरामद

काठमाडौं, पुस २५- तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ। ‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो। तीन करोड तीस लाख ७५ हजार रहेछ।…

Read More

आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २५ गते

पुस २५- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, तर पहिलेको सफलताले थप हौसला…

Read More

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपमाथि आज सजाय तोकिने

काठमाडौँ पुस २५- बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो । तीन वर्ष वा सोभन्दा…

Read More

गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि

चितवन, पुस २४- नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् । २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु वाह्य पर्यटकहरुले भरिभराउ छन् ।…

Read More

चिसोको कारण जीतपुरसिमरा र कलैयाको सम्पुर्ण विद्यालय ३ दिनको लागि बन्द

बारा, पुस २४ गते । अत्यधिक चिसोका कारण बाराको जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिका सम्पुर्ण मा विद्यालयहरु ३ दिनको लागि बन्द गर्नेे निर्णय गरिएको छ । पछिल्लो केही दिनयता देखी देशभर तापक्रममा निरन्तर गिरावट आएको छ । अत्यधिक चिसोका कारण पठनपाठनमा आएको चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले विद्यालयमा ३ दिनको लागि विदा दिने निर्णय गरेको हो…

Read More

आज यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २४ गते मंगलवार

पुस २४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघि बढ्नेछ ।…

Read More

तराईमा हुस्सु र कुहिरो, पहाडी भेगमा बदली

काठमाडौं,पुस २३- देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने…

Read More

आज सोमवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २३ गते

पुस २३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सरिक भइनेछ…

Read More