चिसोको कारण जीतपुरसिमरा र कलैयाको सम्पुर्ण विद्यालय ३ दिनको लागि बन्द

सेयर गर्नुहोस्

बारा, पुस २४ गते ।

अत्यधिक चिसोका कारण बाराको जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिका सम्पुर्ण मा विद्यालयहरु ३ दिनको लागि बन्द गर्नेे निर्णय गरिएको छ । पछिल्लो केही दिनयता देखी देशभर तापक्रममा निरन्तर गिरावट आएको छ । अत्यधिक चिसोका कारण पठनपाठनमा आएको चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले विद्यालयमा ३ दिनको लागि विदा दिने निर्णय गरेको हो ।

जिल्लाको जीतपुरसिमरा उपनगरपालिकाकाले चिसो बढेको र अत्याधिक शीतलहर खसेको कारण उपमहानगर भित्रका सम्पुर्ण विद्यालय पुस २४ गतेदेखि २६ गतेसम्म तीन दिन बिदा दिने घोषणा गरेको हो । प्रतिकूल मौसमका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न विधालय बन्द गर्न निर्णय गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

तया जिल्लाको सदरुमुकाम कलैया उपमहानगरपालिकाले पनि चिसोको कारण आफ्नो नगर भित्रका सम्पुर्ण विद्यालयलाई तीन दिन जाडो बिदा दिइएको छ ।