पर्सा जिल्लाका बन डिभिजन कार्यालय प्रमुख कर्णका डाडो अदेशले काठ तस्करहरु धमाधम पक्राउ

पर्सा जिल्लाका बन डिभिजन कार्यालय प्रमुख कर्णका डाडो अदेशले काठ तस्करहरु धमाधम पक्राउ
मनाेज शाह जितपुर बारा साउन १६ गते:

पर्सा जिल्लाका बन डिभिजन कार्यालय प्रमुख कर्णका डाडो अदेशले काठ तस्करहरु धमाधम पक्राउ गरेको छ । साझेदारी बन क्षेत्रको गुलेरियाबाट काठ तिनवटा र दुईवटा माेटरसाईकल पक्राउ गरेको छ ।

पर्सा, बडेर्वा गाउँ: वन गस्ती टोलीले बडेर्वा गाउँमा गए राति तीन थान सालको काठ र दुई वटा मोटरसाइकल बरामद गरेको छ। बिन्दबासिनी कोईलाभार साझेदारी बन क्षेत्रको गुलेरिया बाट कटान गरिएको सालको काठ दुई वटा मोटरसाइकलमा लोड गरि डोकैला बहुवरी तर्फको फर्निचरमा लैजाँदै गरेको अवस्थामा टोलीले बरामद गरेको हो।

सब डिभिजन वन कार्यालय बडनिहारका जमदार जितबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले ना २ प ५७८ र ना ७ प ९८८४ नम्बरका मोटरसाइकलमा लोड गरिएको करिब १२ क्युफिट सालको काठ बरामद गरेको सुबाेदार बिनाेद प्रसाद कुर्सीले बताए । बरामद गरिएको काठ र मोटरसाइकललाई आवस्यक कार्वाहीको लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको पर्सा बन डिभिजन कार्यालय प्रमुख सुनिल कार्णले बताए।यस घटनाले वन तस्करीको चुनौतीलाई फेरि उजागर गरेको छ र बन संरक्षणको लागि थप प्रयास आवश्यक रहेको देखाएको छ।