हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराका अध्यक्ष पदमा रामचन्द्र पौडेल सर्वसम्मत

स्पर्श खबर जितपुर बारा कार्तिक २३ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा २ रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराका अध्यक्ष पदमा रामचन्द्र पौडेल सर्वसम्मत रूपमा चयन हुनु भएको छ। पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको संस्थाले जनाएको छ। सहकारी क्षेत्रमा लामो अनुभव तथा योगदान रहँदै आएका पौडेलले संस्थाको पारदर्शिता, सदस्य हित र आर्थिक सबलीकरणलाई प्राथमिकतामा … Read more

मधेश प्रदेशसभा खारेज गरी नयाँ जनादेशमा जानु पर्ने : अध्यक्ष कुशवाहा

स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते: मधेश प्रदेशसभा खारेज गरी नयाँ जनादेशमा जानु पर्ने : अध्यक्ष उमेश कुशवाहा मधेश प्रदेशसभामा आज देखिएको राजनीतिक खेलप्रति जनता निकै निराश भएको बताएका छन्। आजपा मधेश प्रदेश कमिटिका अध्यक्ष उमेश कुशवाहाले भने, “आजको मधेश प्रदेशसभाको खेलले जनतामा आक्रोश र निराशा बढाएको छ। अब ढिलो नगरी मधेश प्रदेशसभा खारेज … Read more

मधेश प्रदेश सांसद रहबर अन्सारीद्वारा संसदमा आत्म-आलोचनाको प्रतीकस्वरूप मोसो दले

मधेश प्रदेश सांसद रहबर अन्सारीद्वारा संसदमा आत्म-आलोचनाको प्रतीकस्वरूप मोसो दले स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते: मधेश प्रदेशका सांसद रहबर अन्सारीले आज प्रदेश सभामै आफैंलाई मोसो दलेका छन्। सांसद अन्सारीले वर्तमान राजनीतिक प्रणाली र नेताहरूको नैतिक धरातल सकिएको भन्दै कडा शब्दमा आलोचना गर्दै यस्तो कदम उठाएका हुन्। मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेका बेला … Read more

बदलिँदो राजनीतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम सम्पन्न

बदलिँदो राजनीतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम सम्पन्न स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते। बदलिँदो राजनीतिक परिवेशमा श्रमिकको भूमिका र अधिकार सुदृढीकरणका विषयमा केन्द्रित “श्रमिकसँग संवाद कार्यक्रम” आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) जितपुरसिमरा उपमहानगरपालिका वडा २ सिमरामा सम्पन्न भएको छ। कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका अध्यक्ष क. विनोद श्रेष्ठ, सचिव क. हरि कार्की र सदस्य … Read more

सिमराबाट मकवानपुरतर्फ प्रस्थान, नव जनजागृति युवा क्लबका खेलाडीलाई भव्य बिदाई

सिमराबाट मकवानपुरतर्फ प्रस्थान – नव जनजागृति युवा क्लबका खेलाडीलाई भव्य बिदाई स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते । मकवानपुरमा आयोजना भईरहेको प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा सहभागी हुन जाने क्रममा नव जनजागृति युवा क्लब, सिमराका खेलाडीहरूलाई आज एक समारोहका बीच बिदाई गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले खेलाडीहरूलाई … Read more

बारा जिल्ला खेलकुद विकास समितिमा लामाको पदभार ग्रहण

बारा जिल्ला खेलकुद विकास समितिमा लामाको पदभार ग्रहणस्पर्श खबर जितपुर बारा कार्तिक २१ गते:बारा जिल्ला खेलकुद विकास समिति कार्यालयका नवनियुक्त अध्यक्ष श्री दिलबहादुर लामा ज्युले आज एक विशेष कार्यक्रमबीच बिधिवत रूपमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण समारोहमा जिल्ला स्तरका विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक, खेलाडी हरुकाे उपस्थिती रहेको थियो।नेपाल सितोरियो सोबुकान कराते मधेश प्रदेश … Read more

जितपुरसिमरा नगर उद्योग वाणिज्य संघमा अझै निर्वाचन हुन सकेन, व्यापारीहरू असन्तुष्ट

स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते: जितपुरसिमरा नगर उद्योग वाणिज्य संघमा अझै निर्वाचन हुन सकेन, व्यापारीहरू असन्तुष्ट बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिकास्थित रहेको जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचन अहिलेसम्म हुन सकेको छैन। संघको कार्यकाल समाप्त भइसकेको भए पनि नयाँ मिति तोकिएको छैन । यस सम्बन्धमा अध्यक्ष मोहन लामिछानेसँग कुराकानी गर्दा … Read more

रामकुमारी झाँक्रीद्वारा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भावनात्मक सन्देश

स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते: रामकुमारी झाँक्रीद्वारा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भावनात्मक सन्देश। नेकपा (एकीकृत समाजवादी) की नेतृ एवम् पुर्व संसाद रामकुमारी झाँक्रीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालप्रति भावनात्मक सन्देश दिएकी छन्। फेसबुकमार्फत झाँक्रीले “प्रिय कमरेड माधव नेपाल, अभिवादन!” भन्दै शुरू गरेको लामो स्टाटसमा पार्टीभित्रको पछिल्लो घटनाक्रमप्रति गहिरो असन्तुष्टि प्रकट गरेकी छन्। उनले लेखेकी छन्, “आफ्नै … Read more

गोलबजारमा श्री शिव मन्दिर समितिको तदर्थ समिति गठन

स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते: गोलबजारमा श्री शिव मन्दिर समितिको तदर्थ समिति गठन सिरहा । गोलबजार नगरपालिका–२ गुरुधाममा निर्माण भइरहेको श्री शिव मन्दिर समितिको तदर्थ समिति आज एक औपचारिक भेलामार्फत गठन गरिएको छ। आज सम्पन्न उपभोक्ता भेलाले सर्वसम्मत निर्णय गर्दै नयाँ तदर्थ समिति गठन गरेको हो। भेलाले रामकुमार महतोलाई अध्यक्ष, सिर्जना भुजेललाई उपाध्यक्ष, … Read more

स्थानीय समाजसेवी मनिर अन्सारीको भनाइ : “सत्य बोल्नलाई पनि साहस चाहिन्छ

स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते: स्थानीय समाजसेवी मनिर अन्सारीको भनाइ : “सत्य बोल्नलाई पनि साहस चाहिन्छ” जितपुरका स्थानीय समाजसेवी मनिर अन्सारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विचार व्यक्त गर्दै लेखेका छन् — “सत्य बोल्नलाई पनि साहस चाहिन्छ। गलतलाई गलत र सहीलाई सही त्यो त समयले बताइदिएको छ। आफुलाई 24 केरेट ठान्ने केही मानिसहरूको कारण … Read more